कास्की प्रहरीले माग्यो आन्दोलनका घटनामा संलग्नबारेको जानकारी

पोखरा न्यूज । प्रहरीले भदौ  २३ र २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी, लुटपाट तथा हिंसात्मक गतिविधि गर्ने व्यक्तिहरूबारे प्रमाणसहित जानकारी दिन कस्केली नागरिकलाई अपील गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार  विज्ञप्ति जारी गर्दै आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधिमा संलग्न व्यक्तिहरूको स्थायी पहिचान गर्न नागरिकहरूको सहयोग मागेको हो  ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रहरीले घटनासम्बन्धी भिडियो फुटेज, तस्बिर, भ्वाइस रेकर्ड लगायतका प्रमाणहरू उपलब्ध गराउन आग्रह गर्दै नागरिकले प्राप्त प्रमाण वा जानकारी जिल्ला प्रहरी कार्यालयको आधिकारिक इमेल dpokaski@gmail.com, dpokaski_it@nepalpolice.gov.np वा ह्वाटसएप नम्बर ९८५६०३९५९९, ९८५६०३५५१२ मा पठाउन भनेको  छ।

सूचना वा प्रमाण दिने व्यक्तिको गोपनीयता सुरक्षित रहने प्रहरीले स्पष्ट गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button