स्याङ्जा घर भएकी युवती पोखरामा लागूऔषधसहित पक्राउ

पोखरा ।  कास्की प्रहरीले पोखराको तेस्रापट्टीबाट लागूऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ।

स्याङ्जा जिल्ला घर भई हाल पोखरा–३ तेस्रापट्टी बस्दै आएकी २७ वर्षीया दुर्गा गहतराज ४५ एम्पुल लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

कास्की प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर गणेश पाण्डेका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त टोलीले मंगलबार साँझ करिब ५ बजे उनलाई पक्राउ गरेको हो ।

उक्त टोलीले गहतराजको साथबाट बुर्फिनर्फिन १५ एम्पुल, डाइजेपाम १५ एम्पुल र फेनरागन १५ एम्पुल तथा एक थान मोबाइल बरामद गरेको इन्स्पेक्टर पाण्डेले जानकारी दिए।

गहतराजविरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button