पोखरामा नक्कली पेस्तोलसहित २ जना टोले गुण्डा पक्राउ

पोखरा । कास्की प्रहरीले पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका–२ स्थायी घर भई हाल पोखरा–८ सिमलचौर बस्दै आएका ३२ वर्षीय सुवास कायस्थ र ३१ वर्षीय सुरज कायस्थ रहेको प्रहरीले जनाएको छ ।

हतियार देखाई सर्वसाधारणलाई डरत्रास देखाएको भन्ने सूचनाका आधारमा बिहीबार साँझ करिब ७:३० बजे वडा प्रहरी कार्यालय बैदामबाट खटिएको  प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर गणेश पाण्डेले जानकारी दिए ।

प्रहरी टोलीले उनीहरूको डेरामा खानतलासी गर्दा नक्कली पेस्तोल एक थान, रडको स्लाइड स्टिक एक थान,  पेस्तोल कभर एक थान र दुई थान नोक (हतियारजन्य सामग्री) बरामद गरेको हो।

दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको इन्स्पेक्टर पाण्डेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button