सञ्चालनमा आयो पोखराको प्रहरी नमुना पेट्रोल पम्प

पोखरा । पोखराको नेपाल प्रहरी नमुना पेट्रोल पम्प सञ्चालनमा आएको छ ।

प्रदेश प्रहरी कार्यालय पोखरा, सहिदचोक परिसरभित्र स्थापना गरिएको नयाँ नमुना पेट्रोल पम्प मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पम्पबाट सवारीसाधनका लागि पेट्रोल र डिजेलको नियमित बिक्री–वितरण थालिएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिएका छन्।

प्रहरी प्रधान कार्यालय अन्तर्गत कल्याण कोष नक्सालको लगानीमा बनेको यो पम्प निर्माणका क्रममा विवाद आएको थियो  ।

स्थानीय नागरिक समाजले यहाँ रहेका संवेदनशील निकायहरू नेपाल राष्ट्र बैंक,जिल्ला प्रशासन कार्यालयलगायतको सुरक्षालाई औंल्याउँदै उच्च अदालतमा रिट दायर गरेका थिए । रिट खारेज भएसँगै निर्माण प्रक्रिया पुरा गरी  पेट्रोल पम्प सञ्चालनमा आएको हो ।

करिब ९ करोड ९६ लाख ६५ हजार रुपैयाँ लागतमा बनेको पम्पको निर्माण कार्य ‘एनसी अल्फा हेक्स तेजस्वी जेभी’ कम्पनीले सम्पन्न गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button