पर्यटक बसमा ढुंगा हान्दा ५ घाइते, ढुंगा हानेर भागेका ३ पक्राउ

पोखरा । पोखरा महानगरपालिका–१४ चाउथेमा गएराती  पर्यटक बसमा ढुंगा प्रहार गरी फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–१ का ४८ वर्षीय तिलक बहादुर थापा मगर (हाल पोखरा–१७, बस चालक), बाराको कोल्वी नगरपालिका–१ का ३० वर्षीय मान प्रसाद खरेल (हाल पोखरा–२६, सहचालक) र गोरखाको पालुङ्टार नगरपालिका–२ का २८ वर्षीय राजेश मरट्टा (हाल पोखरा–१४, ग्यारेजमा काम गर्ने) रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार राति साढे ११ बजे चाउथेबाट काठमाडौँ जाँदै गरेको बा १ प ९१६ नम्बरको पर्यटक बसमा ढुंगा हानिएको हो।

उक्त बसमा नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी, बालकुमारी ललितपुरबाट आएका विद्यार्थीहरू सवार थिए। ढुंगा लाग्दा पाँच जना विद्यार्थी सामान्य घाइते भएका थिए। घाइतेलाई पोखरास्थित अन्नपूर्ण अस्पतालमा उपचार गराएर डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न तीनै जनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रवसम्बन्धी अभियोगमा ६ दिनको म्याद थप गर्दै अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button