पोखरा, १० बैशाख –
चिल्ड्रेन–नेपालको आयोजनामा सृजनात्मक हाजिरी जवाफ प्रतियोगीता शुक्रबार पोखरामा सम्पन्न भएको छ ।
संस्थाबाट विद्यालय पढ्न सहयोग गरेका पोखरा उपमहानगरपालिका भित्रका २५ वटा सामुदायिक र निजि विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययन गर्ने १ सय ४० जना बालबालिकाहरूको प्रतियोगीतामा सहभागिता रहेको थियो । प्रतियोगितामा रुपा थापा, प्रतिक्षा परियार विवेक तामाङ र सरस्वती थापा मगरको सगरमाथा सदले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । मनिषा तामाङ, मनिषा परियार, विशाल बि.क. (ख) र सन्दिप कुमालको अन्नपूर्ण सदन द्धितीय, स्वस्तिका नेपाली, काजल महरा विष्णु बि.क. र सञ्जु बि.क.को धौलागिरी सदन तृतिय र संगिता परियार, सन्जु परियार, निकिता परियार र विशाल बि.क. (क) को माछापुछ्रे सदन सान्तना स्थानमा आयो ।
विजेता समूहलाई पुरस्कार वितरण गर्दै संस्थाका बरिष्ठ कार्यक्रम अधिकृत डिल्ली प्रसाद शर्माले बालबालिकाहरूको अन्तरहित भावनालाई प्रस्फुटन गर्न यस्ता गतिविधिले सहयोग गर्नु कुरामा जोड दिए । कार्यक्रममा बालबालिका युवा तथा अभिभावक कल्याण शाखाका बरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले बार्षिक परिक्षा सकेर खालि समय बिताई रहेका बालबालिकाहरूलाई यस गतिविधिले सामान्य ज्ञान बारेमा जानी आफूलाई सृजनशिल बनाउन सहयोग पुग्ने बताइन् । कार्यक्रममा महेन्द्र पौडेल, इसरत प्रविन (ढकाल) र रमेश सुवेदीले पनि बोलेका थिए ।





