काठमाण्डौ । बाजुरामा मृत्यु भएकी २ वर्षीया बालिकालाई कोरोना संक्रमण पुष्टि भएको छ।
मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा उपचारका क्रममा आज बिहान मृत्यु भएकी बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले जानकारी दिए ।
बुवा आमा बालिकालाई लिएर एक साता अघि भारतबाट नेपाल आएका थिए । बालिकामा श्वासप्रवास सम्बन्धी समस्या देखिएपछि १५ गते साँझदेखि आइसोलेसनमा राखिएको थियो ।
बालिकाकी आमालाई पनि कोरोना पोजेटिभ देखिएको छ। बालिकाका बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।