नवलपरासी । नवलपरासीमा टिप्पर धुने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
आज बिहान ९ : १५ बजे नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका-३ खोरोण्डे खोलामा लु २ ख ४७४४ नम्बरको टिप्पर धुने क्रममा स्याङजा सेखमका ३५ वर्षीय भरत थापा र नवलपरासी (पूर्व) विनयी त्रिवेणीका १७ वर्षीय आशिष बि.कको मृत्यु भएको हो । धुने क्रममा पछाडिको ढाला(बुम) उठाउदा माथि रहेको बिजुलीको तार छोएर ढालामा करेन्ट प्रवाह भएर ट्रकका चालक र सह-चालकको मृत्यु भएको हो ।
घटनामा सोही स्थानमा लु २ ख ४४४८ नम्बरको टिप्पर रोकेर नुहाउदै गरेका पोखरा महानगरपालिका-१७ छोरेपाटनका ४५ वर्षीय कृष्ण बहादुर पाण्डे पनि करेन्ट लागेर घाइते भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर मध्यम घाइते भएका पाण्डेको नवलपरासीस्थित मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।