
तिलु शर्मा । हिमाली जिल्ला म्याग्दी बाट बैदेशिक रोजगारीको लागी मध्यपुर्वको खाडी राष्ट्र कतार आएकी सुकमाया सुनारको सपना दलालकै कारण टुट्यो । हस्पिटल क्लिनर भनेर नेपालमा १ लाख २० हजार दलाल मार्फत म्यानपावरलाई बुझाएर आएकी सुनारलाई कतार आएपछी भने बमोजिमको काम मिलेन । कतारमा राम्रो आम्दानी गरेर ८ बर्षकी छोरीको भविष्यमा दियो बाल्ने उनको सपना चकनाचुर भएको छ । सर्त बमोजिमको काम माग गर्दा कम्पनिले नसुनेपछी आएको २ महिनामै काम छाडेर बसेकी उनी ७ महिनामै आफ्नो पैसाले टिकट काटेर स्वदेश फर्किएकी छिन ।
सपना त कति हो कति नी सर, सोझालाई सबैले भड्खालोमा हाल्दा रहेछन केन्द्रबिन्दुसंगको भेटमा उनले भनिन, घर जाने बेलामा छोरीलाइ मिठाइ किनीदिने पैसा समेत छैन ७ महिना बसेर खाली हात जानु पर्दाको पिडा र साहुको रिणले थिचेको उनको जिवनमा उज्यालो फर्कने आशा समेत उनले मारीन । उनी संगै उडेकी हुन धनकुटाकी गोमा लिम्बु । लिम्बुको पिडा पनी सुनारको भन्दा कम छैन । यि प्रतिनिधी पिडित हुन ।
कतारबाट आज २८ महिला सहित २ सय ६३ जना लिएर उडेको ३० औ सहजिकरण उडानका यात्रुहरु मध्य अधिकॉस कोरोनाका कारण जागीर गुमाएका, बर्सौ काम गरेर पनी कम्पनिले टिकट र बोनस समेत नदिएका पिडितहरु रहेका छन । करिब साढे ४ लाख नेपालि कार्यरत कतारमा कोरोनाका कारण जागीर गुमाउनेको संख्या दैनिक बृद्दि भै रहेको छ ।
नेपाल फर्कन पाउ भनी फाराम भर्नेहरुको संग्ख्या उल्लेख्य रहेको छ l नेपाल प्रस्थान गर्ने यात्रीहरुको यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका दित्तीय सचिब प्रबिण भट्टराइ, तृतीय सचिब तुलसी कोइराला, एनआरएन कतारका अध्यक्ष मोहमद मुक्तदा तथा सल्लाहकार चानक पोखरेल लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कतारबाट कुल ५ हजार ४ सय ६५ जनासहित ४६ वटा शव नेपाल पुगिसकेका छन् । नेपाल तथा हिमालयन एयरलाईन्सले संयुक्त रूपमा चार्टर उडान गर्दै आए पनि थप उडान कहिले हुने बारे अनिश्चितता बढेको छ ।





