पोखरान्युजडटकम, ६ असार –
तुलसीपुरमा लागुऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा तुलसीपुर नगरपालिका–५ निवासी ३२ वर्षीया भूमि घर्ती रहेकी छन् । घर्तीलाई गोप्य सूचनाका आधारमा १० पोका ब्राउन सुगरसहित गएराति पक्राउ गरिएको हो ।
पक्राउ परेका घर्तीका बारेमा थप अनुसन्धान भइरहेको इप्रका तुलसीपुरका प्रमुख कृष्ण प्रसाईंले जानकारी दिनुभयो । रासस