पोखरा न्यूज । पोखरामा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान करिब ५ :४५ बजे भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले लमजुङ केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
कास्कीको पोखरा, काठमाण्डौसहित लमजुङ आसपासका जिल्लामा स्थानीयले धक्का महसुस भएको जनाएका छन्।