गणेश बराल । काठमाण्डौ संगै नेपालमै सबैभन्दा बढी मेलामहोत्सब, उत्सब तथा कार्यक्रम हुने ठाउ पोखरा हो भन्दा अतियुक्ती नहोला । बिभिन्न प्रतिस्पर्धाको नाममा होस वा मेला महोत्सबका नाममा होस यहाँ हरेक दिनजसो कुनै न कुनै कार्यक्रम आयोजना भइरहेको हुन्छ । यसरी आयोजना हुने गरेका कार्यक्रमको प्रचारार्थ राखिने सामग्री सम्बन्धित निकाएको अनुमतिबेगर नै राखिने गरेको पाइएको छ ।
पोखरामा आयोजना हुने गरेका मेला महोत्सब, प्रतिस्पर्धा, स्वागत कार्यक्रमका आयोजक तथा बिभिन्न संघसस्थाले आफ्नो प्रचारको लागि सडकमा गेट बनाएर, सडक माथि वारपार हुने गरि तुल ब्यानर र सडक छेउका खम्बाहरुमा फेलेक्सहरु राख्ने गर्दछन । हरेक कार्यक्रममा आयोजकले पोखरा र आसपासका क्षेत्रमा यसरि प्रचार सामग्री टास्ने गर्दछन । मम मेला, अल्ट्रा म्युजिक फेस्टिवल जस्ता कैयौ बितिसकेका कार्यक्रमका ब्यानरहरु पोखराको लेकसाइड, चिप्लेढुंगा बगर जस्ता क्षेत्रहरुमा आज (बिहिवार) सम्म पनि देख्न पाइन्छ । अझ राष्ट्रपति पोखरा आउदा स्वागतार्थ राखिएको गेट पोखराको प्रमुख पर्यटकीय स्थल क्याम्पिंग चोक बाटै महिना बितिसक्दा पनि हटाइएको छैन । यी त उदाहरण मात्र हुन् पोखराको चोक-चोकमा र सडक छेउका पोलमा महिनौ पुराना प्रचार सामग्री प्रशस्तै भेट्न सकिन्छ ।
पोखराका सडक क्षेत्रमा आयोजकहरुले स्वागत गेट, ब्यानर, तुल जस्ता प्रचारजन्य सामग्रीहरु अनुमति बिनै राख्ने गरेको नगरपालिकाका कर अधिकृत शिवहरि शर्माले बताए । ‘ एका दुइ बाहेक अहिलेसम्म यस्ता कार्यक्रमका आयोजकहरुले यहाँ आएर अनुमति लिएका छैनन्, केहिले औपचारिकताको लागी चिठी पठाउने सम्म गरेका छन’ शर्माले भने । अनुमति बेगर सामग्री राख्दा नगरपालिकाको राजश्व समेत गुम्ने गरेको उनि बताउदछन । प्रचारसामग्री राख्ने र समय गुज्रेपछी त्यस्ता सामग्री नहटाउने प्रवृति देखिएकाले अब अनिवार्य अनुमति लिनुपर्ने र धरौटी समेत राख्नुपर्ने व्यवस्था राखी नयाँ नियमावली पारित गरिसकेको शर्माले जानकारी दिए । पोखरा उद्योग बार्णीज्य संघ लगाएत सम्बन्धित संघ सस्था सँग छलफल गरेर तिहार लगतै उक्त निएमावाली लागु गरिने उनले बताए ।
“हामीले यससम्बन्धि सम्पूर्ण ठेक्का पोखरा उद्योग वार्णीज्य संघ मार्फत छायाँ एडभरटाइजिङ्गलाइ दिएका हौ’ , नगरपालिकामा प्रचारसामग्री ब्यबस्थापन हेर्ने जिम्बेवारी रहेका बसन्त चालिसेले भने । ठेक्का उसले लिएकाले यो राख्ने हटाउने काम पनि उसैको हो, उनले थपे । नगरपालिकाले हेर्दा नगर प्रहरीले यस्ता सामग्री हटाउने गरेको चालिसेले बताउछ्न । सम्बन्धित कम्पनिले हटाएन भनेर नगरपालिका पन्छिन मिल्छ भन्ने पोखरान्युजडटकमको प्रश्नमा उनले जनमानस बाट यस्तो आवाज नआएकाले पनि नगरपालिकाको ध्यान त्यता नपुगेको बताए । सामाजिक कार्य बाहेक अन्य कार्यक्रमका लागि छाया एडभरटाइजिङ्गले कर उठाउने गरेको बताउदै पोउवा संघका कार्यवाहक अध्यक्ष रवीन्द्रबहादुर प्रजुले त्यस्ता कार्यक्रम सकिएपछि आयोजक स्वयंले नै त्यस्ता सामाग्री हटाउनु पर्ने बताउछन । “पीपीपी मोडेल अन्तर्गत छाया एडभरटाइजिङ्गले ठेक्का पाएको हो’, प्रजुले भने ।
हाल पोखरामा जारी रामबजार महोत्सब आयोजकले समेत प्रचारसामग्री राख्नको लागि अनुमति नलिएको कर अधिकृत शिवहरि शर्मा बताउदछन । अनुमति किन नलिनुभाको भन्ने पोखरान्युजडटकमको प्रश्नमा आयोजक क्लबका अध्यक्ष कुमार थिङ्ग तामाङ्गले आफुहरुले सम्पूर्ण जिम्मा बंगलामुखी नेपाल एमीजमेन्ट प्रा.लि. लाइ दिएको भन्दै पन्छिन खोजे । यस सम्बन्धमा एमीजमेन्ट प्रा.लि. प्रमुख बिरेन्द्रलाइ प्रश्न गर्दा सो काम आयोजक क्लबकै रहेको र आफुले त्यस्तो जिम्बेवारी नलिएको जिकिर गरे ।
यस्ता सामग्री ले सडकमा यातायातका साधन आवत जावतमा संमस्या समेत खडा गर्ने गरेको र चालकको नजर मोडीदा दुर्घटना समेत हुने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताउदछ । अनुमति बेगर प्रचार सामग्री राख्दा बर्षेनी राजश्वमा लाखौ घाटा त भएको छ नै यसले समग्र पोखराको सुन्दरतामा नै ह्रास ल्याएको छ । अझ कार्यक्रम सकिएको महिनौ बित्दा पनि त्यस्ता सामग्री नहटाइदा पोखरा घुम्न आउने पर्यटकले पोखरालाइ कस्तो दृष्टिले हेर्लान त्यस तर्फ पनि सम्बन्धित निकाएको गएको पाइदैन ।