पोखराको फिर्के खोलामा दुई जना सवार स्कारपियो खस्यो

पोखरा न्यूज । पोखराको फिर्के खोलामा स्कारपियो दुर्घटना भएको छ ।

बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गरेको ब्रिटिस एम्बेसीको ६०-०-४६७ नम्बरको स्कारपियो फिर्के खोलामा दुर्घटनामा परेको हो ।

पोखरा १६ का २९ वर्षीय विजय घले र उहाँकी श्रीमती २८ वर्षीया दुर्गा गुरुङ सवाररत स्कारपियो अनियन्त्रित भई गए राति २ बजे फिर्के खोलामा खसेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

सडकबाट १० मिटर तल खस्दा स्कारपियोमा सामान्य क्षति पुगे पनि घले दम्पती भने सकुशल रहेको डिएसपी हमालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button