पोखरा न्यूज । कोरोना भाइरसको संक्रमण भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा ३९ वर्षीया र ४० वर्षीया दुई युवतीकाे बुधबार मृत्यु भएकाे छ ।
त्यसैगरी मेडिप्लस अस्पताल पाेखरामा ७८ वर्षीय पुरुषकाे बुधबार र प्रतिष्ठानमा उपचाररत अर्की ६५ वर्षीय महिलाकाे मंगलबार मृत्यु भएकाे छ ।
प्रतिष्ठानमा उपचाररत बाग्लुङकाे जैमिनी ७ की ३९ वर्षीया युवती र तनहुँकाे व्यास १२ की ४० वर्षीया युवतीकाे बुधबार तथा पाेखरा १३ की ६५ वर्षीया महिलाकाे मंगलबार मृत्यु भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जानकारी दिएकाे छ ।
पाेखरा ३२ का ७८ वर्षीय पुरुषकाे मेडिप्लस अस्पताल पाेखरामा बुधबार मृत्यु भएकाे हाे ।
पछिल्लाे २४ घण्टामा गण्डकी प्रदेशमा थप ४ जनाकाे मृत्यु भएकाे हाे । योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३२० पुगेको छ ।