
प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनाको आधारमा दलगत स्थिति हेर्दा नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको बुधबार बिहानसम्मको मतपरिणाम विवरणानुसार एमालेले एक लाख ७४ हजार एक सय ३० मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको कांग्रेसको एक लाख ५१ हजार सात सय नौ मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या ७९ हजार पाँच सय ४६ रहेको छ ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) को ७३ हजार ८६, राष्ट्रिय प्रजातन्त्र पार्टीको ४१ हजार पाँच सय ८४ र जनमत पार्टीको १३ हजार छ सय ८२ मत रहेको निर्वाचन आयोगले जनाएको छ ।
यो अवधिसम्ममा समानुपातिकतर्फको मतगणनाअनुसार जनता समाजवादी पार्टी नेपालको १३ हजार एक सय ३६, नेपाल मजदुर किसान पार्टीको १० हजार पाँच सय ४८, नेकपा (एकीकृत समाजवादी)को आठ हजार पाँच सय ६१, नागरिक उन्मुक्ति पार्टीको नौ हजार एक सय ९९, नागरिक उन्मुक्ति पार्टीको आठ हजार चार सय ११ र अन्यको ३५ हजार नौ सय २३ मत रहेको छ ।





