फाल्गुन २०-
परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको मिति पछाडि सारेको छ ।
सरकारले आगामी बैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछी निर्वाचन आयोगले बैशाख २५ गतेदेखि मुलुकभरका विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो ।
बोर्डले परीक्षाको मिति असार १ गते देखि ११ गतेसम्मका लागि तोकेको जनाएको छ । यसअघि परीक्षा बोर्डले आउदो बैशाख २४ गतेदेखि परीक्षाको मिति निर्धारण गरेको थियो । कक्षा १२ को परिक्षा पुर्व निर्धारित समय अर्थात् वैशाख १० गतेवाटनै सञ्चालन हुने बोर्डले जनाएको छ ।