पोखरा न्युज डटकम –
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्या बिरुद्धको दोस्रो खेलमा नेपालले शानदार जित हात पारेको छ । बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल नेपाल ७ विकेटले विजयी भएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा केन्यालाई १ सय ५५ रनमा समेटेको नेपालले ३० दशमलव २ ओभरमा ३ विकेट गुमाएर जित हासिल गरेको हो ।
शुरुवातमा फितलो प्रदर्शनका रहेपनि कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट साझेदारी गरेपछि नेपालको जित सहज बनेको हो । नेपालका ज्ञानेन्द्र मल्लले नटआउट रहदै ६४ रन तथा शरद भेषवाकरले भेषवाकर २४ रन बनाए । ज्ञानेन्द्रलाई दिपेन्द्र ऐरीले बलियो साथ दिदै ६२ रनको योगदान गरे ।
यसअघि शरद भेषवाकर र मेहवुव आलमले उत्कृष्ट वलिङ गरेपछि टस जितेर फिल्डिङ रोजेको केन्यालाई नेपालले १ सय ५५ रनमा अलआउट गर्न सफल भएको थियो ।
नेपाली इनिङमा शरदले सर्बाधिक ४ विकेट लिए भने सात ओभरको स्पेलमा मात्र ११ रन दिएका आलमले चौथो ओभरमा २ विकेट लिए । वसन्त रेग्मीले २ , सागर पुन र सन्दीप लामिछानेले एक एक विकेट लिए । केन्याकाको तर्फवाट कोलिन्स ओवायाले सर्बाधिक ४८ रन बनाएका थिए ।
यसअघी भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो ।
photo source – ICC – International Cricket Council