दीननाथ बराल, पोखरा न्यूज – १२, साउन । “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने अभियानलाई सार्थक बनाउन कास्की जिल्ला ब्याडमिन्टन संघले १८ औ जिल्ला स्तरिय अन्तर विद्यालय ईन्द्र बहादुर गुरुङ स्मृती ब्याडमिन्टन प्रतियोगित संचालन गर्ने भएको छ । आउदो भदौ १० देखी १४ गतेसम्म संचालन हुने प्रतियोगितामा कास्की जिल्लाका निजी तथा सामुदायीक विद्यालयहरुको सहभागिता रहने प्रतियोगिताका संयोजक बविन वाग्दासले जानकारी दिए ।
प्रतियोगिता पोखरा रंगशालाको ब्याडमिन्टन कबर्ड हलमा हुने र प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न १२ वटा उपसमितीहरु गठन गरिसकेको कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्बर सिंह गुरुङले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब पाँच लाख खर्च लाग्ने पनि उनले जानकारी दिए । उनले भने “हामीले यो प्रतियोगिता सम्पन्न गर्न हाम्रै साथीभाई, संघका सदस्य र केही मनकारी स्पोन्सरहरुको सहयोगबाट सम्पन्न गर्ने सोच बनाएका छौं ।”
प्रतियोगिता राज्यका लागि आवस्यक पर्ने खेलाडी उत्पादन र खेलको विकासका लागि निरन्तर रुपमा संचालन गरिरहेको पनि अध्यक्ष गुरुङको भनाइ छ । उनले भने “हामीले आफ्नै पहलमा विगतदेखी नै यो प्रतियोगिता गर्दै आएका हौं । हाम्रो प्रतियोगिताको प्रतिफलबाट हामीले अन्तराष्ट्रिय खेलाडीहरु पनि उत्पादन गरेका छौं जुन हाम्रो सम्पत्तिका रुपम हामीले मूल्याङकन समेत गरेका छौं ।”
भुगोल गुरुङ, पुनम गुरुङ, बिधान अधिकारी, अनुप गुरुङ लगाएतका खेलाडी तथा रेफ्रिहरु सबै कास्की जिल्ला ब्याडमिन्टन संघले उत्पादन गरि अन्तराष्ट्रिय प्रतियोगिताहरुमा आफ्नो स्थान बनाई सकेका छन् । संघकै उत्पादन सचिन गुरुङले यस पटकको प्रतियोगितालाई रेफ्रिको रुपमा संचालन गर्ने पनि संयोजक वाग्दासले जानकारी दिए । रेफ्रि गुरुङ यहि स्कुल स्तरिय प्रतियोगितामा प्रथम भई राष्ट्रिय खेलहरुमा उत्कृष्ठ नतिजा निकल्दै रेफ्रिका रुपमा तीन वटा अन्तराष्ट्रिय प्रतियोगितमा भाग लिई अहिले राष्ट्रिय रेफ्रिका रुपमा रहेका छन् ।
यस पटकको प्रतियोगितामा कास्की जिल्लाका निजी तथा सामुदायीक सबै विद्यालयहरुको सहभागिता गराउन हामीले पहल गरेकाछौं । सामुदायीक स्कुलबाट सहभागि हुने विद्यार्थीहरुले सहभागिता शुल्क तिर्नु नपर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितालाई विभिन्न १० समुहमा विभाजन गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आधारभूत तहमा व्वाईज सिङ्गल, गल्स सिङ्गल, माध्यामिक तहमा व्वाईज/गल्स सिङ्गल र डबल त्यस्तै उच्च माध्यामिक तहमा पनि व्वाईज/गल्स सिङ्गल/सिङ्गल डबलमा प्रतिस्पर्धा गराइने छ । प्रतियोगितामा उत्कृष्ठ छात्र, छात्रा, उत्कृष्ठ नव खेलाडी,अनुशासीत खेलाडी, अधिकतम सहभगि, उत्कृष्ट पोशाक र उत्कृठ स्कुल समेत गरी विभिन्न १७ बिधामा पुरस्कारको ब्यवस्था गरेका पनि आयोजकले जनाएका छन् ।