दीननाथ बराल, पोखरा न्यूज – २९, कार्तिक । कास्की क्षेत्र नं.२ प्रतिनीधि सभा उप-निर्वाचनमासाझा पार्टीकी उम्मेदवार रजनी केसीले आफुहरुको लागि एक सिट भए पनि ठुलो भएको बताएकी छन् ।
नेपाल पत्रकार महासंघको आयोजना तथा महासंघ कास्की शाखाको समन्वयमा पोखरामा शुक्रबार भएको प्रतिनिधि सभा उप-निर्वाचन उम्मेदवार सम्बाद कार्यक्रममा वोल्दै उम्मेदवार केसीले सत्तापक्ष र प्रतिपक्ष दुवैले जनताको आवाज नसुनेकाले आफुले चुनाव जितेर संसदमा जनताको आवाज बुलन्द पारेर प्रतिपक्षको भूमिका निर्वाह गर्न चाहेको बताएकी हुन् ।
उनले भनिन“ यो निर्वाचनमा सत्तापक्ष र प्रतिपक्षले जितेको एक सिटको कुनै निर्णायक भुमिका रहदैन तर जनताको पक्षमा आवाज उठाउन साझा पार्टीको लागि निकै ठुलो महत्व रहन्छ । ”
देश हाल काण्डैं, काड र भ्रष्टचारमा चुर्लुम्म डुबेको उनको आरोप थियो । रोजगारको लागि विदेश जाने युवालाई स्वदेशमै केही गर्ने वातावरण सिर्जना गर्न तर्फ लाग्नुपर्ने उनको भनाई थियो ।
उनले भनिन“ राज्यले संचालन गरेका ठुला ठुला कलकारखाना किन बन्द भए, त्यो भ्रष्टचारका कारणले भएको होइन, भ्रष्टचारमुक्त समाज मात्र बनाउन सक्यौं भने र ठुला ठुला कलकारखाना संचालन गर्न सकेको खण्डमा रोजगार सँगै संकलित करबाट ठुला ठुला पूर्वाधार निर्माण गर्न सक्छौं ।”
सम्बाद कार्यक्रममा उम्मेदवार केसी सँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार बिद्या भट्टराई, कागेंसका उम्मेदवार खेमराज पौडेल र समाजबादी पार्टीका उम्मेदवार ई.धर्मराज गुरुङ सहभागी भएका थिए ।
यो पनि पढ्नुहोस् –