१३ औ फेवा नयाँ बर्ष महोत्सब आइतबारदेखि,पोखरामा होटल संघको निम्तो – भिडियो सहित

पोखरा – २७, चैत

सुन्दर नगरी पोखरामा आईतबार देखि १३ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०७३ सुरु हुने भएको छ । पश्चिमाञ्चल होटल संघको आयोजनामा वैशाख २ गतेसम्म संचालन हुने उक्त महोत्सवको सम्पुर्ण तयारी पुरा भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताइयो ।

महोत्सबको सन्दर्भमा आयोजकले  के के भने  त  ?

नयाँ वर्ष पोखरामा आएर मनाऔ – अध्यक्ष भरत राज पराजुली

“फेवाताल बचाऔ” भन्ने नाराका साथ आयोजना  हुने महोत्सवमा पर्यटन, संस्कृति र खानाको पक्षलाई बढी जोड दिएर महोत्सव आयोजना गर्न लागिएको पश्चिमान्चल होटल संघ पोखराका अध्यक्ष भरत राज पराजुलीले बताए । पोखरा बाहिरका पर्यटकका लागि पोखराको अबलोकन संग संगै महोत्सबमा रमाउदै नयाँ वर्ष  मनाउने यो उपयुक्त अवसर भएको बताउदै पोखरामा आएर नयाँ वर्ष मनाउन आग्रह गरे ।

[embedyt] https://www.youtube.com/watch?v=K77Bro6mUQ4[/embedyt]

महोत्सवको अवसरमा पाहुनालाई होटलका वेडमा २० प्रतिशत छुटको ब्यवस्था गरिएको बताउदै नेपाली पर्यटक लाइ पोखरामा आएर नयाँ बर्ष मनाउन आग्रह गरे। भुकम्प र नाकाबन्दीबाट नराम्रो गरी प्रभावित नेपाली पर्यटन बिस्तारै जाग्दै गरेको अहिलेको अवस्थामा पोखराका होटलको अकुपेन्सी दर ५० प्रतिशत पुगेको पनि संघका अध्यक्ष पराजुलीले बताए। उनका अनुसार ५० प्रतिशत आन्तरीक तथा उतिकै मात्रमा बाह्यि पर्यटकहरुको अकुपेन्सी छ महोत्सवबाट बचत भएको केही रकम फेवा तालको संरक्षणमा खर्च गरिने भएको छ । वसुन्धरापार्कमा आयोजना हुने महोत्सवमा ४० भन्दा बढी व्यापारीक स्टलहरु रहने भएको अध्यक्ष पराजुलीले बताए । नेपाली नयाँ बर्षको अवसरमा आन्तरीक तथा बाह्यि पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना हुने महोत्सवमा पाँच तारे होटल देखि पर्यटक स्तरीय होटलका खानाको परिकार उपलब्ध गराउने भएको पराजुलीले बताए ।

नेपाली सस्कृतिको जगेर्ना गर्न महोत्सबलाई निरन्तरता – संयोजक विकल तुलाचन

नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा आयोजना हुने महोत्सवमा  चैत्र २९ गते खुल्ला डुंगा दौड प्रतियोगिता, चैत्र ३० गते खुल्ला पर्यटक दौड प्रतियोगिता हुनेछ । महोत्सवका संयोजक एबं संघका उपाध्यक्ष समेत रहेका विकल तुलाचनले फेवा तालको संरक्षण गर्दै नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिदै आएको बताए । देश विदेशका खानाका परिकार र सांस्कृतिक कार्यक्रम महोत्सवका आकर्षण भएको उनले बताए ।

२ दिन बेलुका  सडक महोत्सब पनि हुन्छ – महासचिव भेकेन्द्र कुमार श्रेष्ठ

महोत्सबको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन रेवान पोखराको सहकार्यमा चैत्र ३० गते साँझ ५ बजे देखि राति मध्यान्हः १२ बजे र वैशाख १ गते साँझ ५ बजे देखि वेलुका १० बजेसम्म अम्बोट देखि हल्लान चोकसम्म सडक महोत्सव हुने भएको महासचिव भेकेन्द्र कुमार श्रेष्ठले बताए । महोत्सवमा एक लाख स्थानीयको सहभागि हुने अपेक्षा गरीएको र आन्तरीक पर्यटक तथा बाह्यि पर्यटकहरु गरी करीब २५ हजार दर्शक भित्रिने आयोजकले अपेक्षा गरिएको उनले बताए । चलिए पोखरा अभियान सकेर भारतबाट फर्किए पछि संघको टोली फेवा महोत्सवको निम्तो बाड्दै काठमाडौं पुगेको बताउदै यसले महोत्सबलाई फाइदा पुर्याउने उनले बताए  ।

महोत्सवमा सांस्कृतिक समूहहरुको झाँकी, देशविदेशका परिकारहरुको प्रदर्शनी र पर्यटकीय गतिविधिहरु समेटिने छन् । विविध सांस्कृतिक गतिविधि, राष्ट्रिय दोहोरी गीत, सांगीतिक बैंण्डहरुको प्रस्तुती र बाल उद्यान महोत्सवमा आकर्षण रहने छन् । महोत्सवको अवसरमा रेष्टुरेण्टहरुमा र होटलहरुमा केही छुटको व्यबस्था गरेको संघले जनाएको छ ।

यसै बिच आईतबार महोत्सव उद्घाटनमो अवसरमा झाँकी सहितको ¥याली प्रर्दशन गरीने भएको छ । ¥याली खहरेचोकबाट लेकसाईडको क्षेत्र हुदै महोत्सव स्थल बशुन्धरापार्कमा पुग्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button