पोखरा, ३० चैत्र –
पोखराको शिवायलचोकमा रहेको शिवालयटोल विकास संस्थाले नवबर्ष २०७३ को शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
२०७२ सालले विनाशकारी भुकम्प र नाकाबन्दी भोगेता पनि २०७३ सबैका लागि सोचेअनुरुप बन्न सकोस भन्ने कामना गरेको संस्थाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । टोल सुधार समन्वय समिति पोखरा–८ का अध्यक्ष शारदा गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सरस्वती उमाविका प्राचार्य दुर्गाबहादुर थापा, उपाध्यक्ष धनबहादुर नेपाली, समाजसेवी बामदेव बस्ताकोटी, बलराम क्षेत्री, अर्जुन गुरुङ, आमा समुहकी प्रतिनीधि विना देवकोटा, कलाकार यादवचन्द्र भुर्तेलले शुभकामना व्यक्त गरेका थिए । टोल विकास संस्थाले स्थानीय ग्यास डिलर रानाभाट सप्लार्यसले सर्वसाधारणलाई रुखो बोली बोल्ने, सामान किनेमात्र ग्यास दिने तथा पारदर्शी ढंगले ग्यास वितरण गर्न नसक्दा टोल विकास संस्थाको सक्रियतामा उपभोक्ता कार्डमार्फत स्थानीयलाई सहज रुपमा ग्याँस वितरण गर्ने गरेको छ । स्थानीय सम्पदा ‘पार्क’ मा समेत ढुंगा बिच्छयाउने कार्य गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नवराज न्यौपाने तथा संचालन सचिव लालप्रसाद श्रेष्ठले गरेका थिए ।





