
पोखरा, ०३ बैशाख –
पोखराको बाटुलेचौर र लामाचौर क्षेत्रमा रहेका जेष्ठ नागरिक धार्मिक यात्रामा निस्किएका छन् ।
सांसद कुमार खडकाको सहयोग तथा स्थानिय हिमालय क्लव र नवआदर्श सामुदायिक विकाश समाजको आयोजनामा त्यस क्षेत्रका ३२ जना वृद्ध वृद्धा शुक्रवार देखि तिर्थ यात्रामा निस्किएका हुन् ।
टोलीलाई आज बिहान एक विशेष कार्यक्रमको आयोजना गरी सांसद कुमार खड्का, एमाले पोखरा–१६ का अध्यक्ष शुवासबाबु अधिकारी, कांग्रेसका वडा सभापति होमबहादुर बाँनिया, एमाओवादीका गुरुदत्त भटराई, अखण्ड नेपालका पार्टीका होमबहादुर खड्का, नवआर्दश सामुदायिक विकाश समाजका अध्यक्ष धर्ममानसिंह भण्डारी, हिमालय क्लवका अध्यक्ष जिबनारायण श्रेष्ठ लगायतले विदाई गरेका थिए ।
कार्यक्रममा बोल्दै सांंसद खडकाले जेष्ठ नागरिकलाई हेरचाह केन्द्रको अवधारणा ल्याउन लागेको जानकारी दिँदै त्यसमा सहयोग गर्न सामाजिक संघ संस्थालाई आग्रह गर्नुभयो । दुइ दिन सम्म हुने तिर्थ यात्राका क्रममा सहभागीहरुले देवघाट, पशुपतिनाथ, दक्षिणकाली, गुहेश्वरी लगायतका धार्मिक स्थलको भ्रमण गरी शनिवार फर्कने हिमालय क्लवका सचिव मोहन थापाले बताए ।
टोली आज देवघाटको अवलोकन गरी काठमाण्डौं पुगेको टोलीमा सहभागी एकल महिला समुह पोखरा–१६ का अध्यक्ष दुर्गा के.सी.ले जानकारी दिनुभयो । टोलीमा स्वास्थयकर्मी सहित क्लवका प्रतिनिधि पनि सहभागी भएका छन् ।





