धार्मिक सद्भावबाट मात्रै भाइचाराको समबन्ध बिस्तार गर्न सकिने – खडका

पोखरा, ३ बैशाख –

पोखरा–१६ रहेको कणेश्वर शिवालय मन्दिरको पुर्न निर्माण गरिएको छ । जिर्ण अवस्थामा पुगेर पुजा आजा गर्न समेत नमिल्ने भएको मन्दिरको १३ लाख रुपैयाको लागतमा पूर्न निर्माण गरिएको हो ।

सांसद विकाश कोष मार्फत १ लाख, निर्माण समितिका संयोजक गंगा बाँनियाको ३ लाख,तथा बद्री बाँनियाको १ लाख २१ हजार सहित चन्दा संकलन गरी मन्दिरको पूर्न निर्माण गरिएको निर्माण समितिका उपाध्यक्ष नेत्र बहादुर बाँनियाले जानकारी दिनुभयो । पूर्ननिर्माण मन्दिरको आज एक कार्यक्रमका बिच सांसद कुमार खड्काले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै खडकाले राष्ट्रिय एकताका लागी धार्मिक सद्भाव आवश्यक रहेको बताउनुभयो । उहाँले धार्मिक सद्भावबाट मात्रै समाजमा भाइचाराको समबन्ध बिस्तार गर्न सकिने बताउनुभयो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष होम ब. बानियाको अध्यक्षतामा भएको कार्यक्रममा इन्द्रराज्यलक्ष्मी उच्च माविका प्राचार्य केशव अम्गाई, जाल्पादेवी आमा समुहका अध्यक्ष सुनिता बानिया, मन्दिरका उपाध्यक्ष नेत्र ब. बानिया, निर्माण समितिका संयोजक गंगा बानिया, सल्लाहकार रामबहादुर बानिया लगायतले धार्मिक स्थलहरुको संरक्षण भएमात्र धार्मिक पर्यटनको विकाश गर्न सकिने बताए ।

कार्यक्रममा समितिका सदस्य हरी बानियाले मन्दिर पूर्न निर्माणको आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button