गौतमको अध्यक्षतामा राम्जा पोखरा समाजको नयाँ कार्यसमिति चयन

पोखरा, ०४ बैशाख –

राम्जा पोखरा सम्पर्क समाज नेपालमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ।

प्रेमबहादुर खत्री गौतमको अध्यक्षतामा निर्वाचित समितिको उपाध्यक्षमा प्रेमराज गौतम, सचिव मनिराज गौतम, सहसचिवमा मनबहादुर क्षेत्री, कोषाध्यक्षमा मीनाकुमारी केसी रहेका छन्। निर्वाचित कार्यसमितिका अन्य सदस्यहरुमा शिबप्रसाद गौतम, जीवनाथ तिमिल्सिना, डिलबहादुर केसी, राजकुमार लामिछाने, मिलन तिमिल्सिना, ईन्द्र गुरुङ, देविवती क्षेत्री, कन्या गुरुङ, छली नेपाली, सूर्यप्रसाद पौडेल, शंकर गौतम र बेगबहादुर खत्री रहेका छन्।

अधिवेशनले कृतिनाथ लम्साल, गजकुमारी गुरुङ, मनहरि तिमिल्सिना, देउकाजी गुरुङ, पिताम्वर पौडेल, नवराज तिमिल्सिना र नुरप्रसाद गौतमलाई सल्लाहकारमा चयन गरेको छ।

शनिबार सम्पन्न साधारण सभाले बि.सं. २०७२ सालको एसएलसीमा उत्तीर्ण पाँच जना विद्यार्थीलाई सम्मान गर्नुका साथै नयाँ वर्ष २०७३ को भित्तेपात्रोको बिमोचन समेत गरेको छ।

सभामा बोल्दै समाजका सल्लाहकार कृतिनाथ लम्साल, गजकुमारी गुरुङ, ईन्जिनियर देउकाजी गुरुङ, जिल्ला शिक्षा कार्यालय तनहुँका सहायक जिल्ला शिक्षा अधिकारी नगेन्द्रराज पौडेल, शाखा अधिकृत नवराज तिमिल्सिना, प्रकाशन समितिका संयोजक मनहरि तिमिल्सिना लगायतका वक्ताहरुले राम्जा पोखरा सम्पर्क समाजको औचित्य र आगामी कार्यक्रमबारे चर्चा गरेका थिए।

समाजका अध्यक्ष पिताम्वर पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभाको सञ्चालन प्रेमराज गौतम र स्वागत प्रेमबहादुर खत्री गौतमले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button