पोखरामा विश्व सफाई अभियान्ता राममान र सुशीलाको स्वागत

पोखरा, ७ बैशाख –

टोल विकास संस्था नगर समन्वय समिति पोखरा १८ का सदस्यहरुको उपस्थितिमा कीर्तिपुर घर भई आफूलाई विश्व सरसफाई अभियानमा जुटी नेपालको विभिन्न स्थान हुँदै पोखरा आई सफा सुन्दर राख्नुपर्छ भन्ने उद्देश्य लिएका राममान मानन्धर र सुशीला महर्जनलाई टोल विकास संस्था नगर समन्वय समितिका पदाधिकारीहरुले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।

सरसफाई अभियान्ताद्वय राममान र सुशीलाले नेपालको कीर्तिपुरमा कीर्तिपुर महोत्सव संचालन पश्चात ४० रोपनी जग्गामा रहेको फोहोरलाई स्थानीय आमा समूहको सहयोग र सहभागितामा २ घण्टामै सफा गरेपश्चात गरे नहुने केही रहेनछ भनि ५ वर्ष ९ महिनादेखि विश्व सफा कार्यमा लागि भक्तपुर, कीर्तिपुर, ठिमी, काठमाण्डौ लगायत पश्चिमका सहरहरुलाई सफा गर्दै हाल पोखरामा सफाई अभियानमा जुटेको बताउँदै आफ्नो घर आँगन मात्र होइन हाम्रो बानी परिवर्तन गरी पोखरा मेरो हो, मैले यसलाई सफा राख्नुपर्छ भन्ने पोखरेलीहरुको मनमा राख्नुपर्ने र नगरपालिकाले सफा गर्ने होइन फोहोरलाई व्यवस्थापन मात्र गर्ने हो भन्दै टोल टोलका टोल विकास संस्था र महिला समूह मिली जागरण ल्याउनुपर्ने बताउँदै सडक बाटोमा फोहोर फाल्न नहुने बताउनुभयो ।

कार्यक्रममा पोउमनपा वातावरण शाखाका शाखा प्रमुख निर्मलमान सिंह ठकुरी, वडा नं.९ का वडा सचिव लोकदर्शन कोइराला, नगर समन्वय समितिका तिलक तमु, सम्मरबहादुर श्रेष्ठ, चन्द्र बहादुर गुरुङ्ग, विष्णु शंकर ख्वोजू, भुवन प्रकाश आचार्य, पुष्पराज तिमिल्सिना, गीता सुवेदी लगायतले आफ्ना भनाई राख्दै विश्व सफाई अभियान्ता राममान र सुशीलासँग समन्वय गरी वृहत नगर सरसफाई गर्ने लगायतमा सहयोग गर्न सबैलाई आग्रह गरेका थिए ।

नगर समन्व्य समितिका अध्यक्ष उज्वल खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर समन्वय समितिका प्रथम उपाध्यक्ष उत्तम जोशीले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button