पोखरा न्यूज। फिओना लि को जन्म हङकङमा भएको हो । उनी ३० वर्षकी भइन् । उनले टोरोन्टो विश्वविद्यालयबाट केमिकल इञ्जिनियरिङ विषयमा स्नातक गरेकी छन् । उनलाई नृत्य गर्न मनपर्छ । सामाजिक कार्यमा समेत सक्रिय उनको सबै मानिसमा सकारात्मक सोचको विकास गराउने उद्धेश्य छ । उनलाई घुमफिरमा रुचि छ ।
नमस्ते !
नमस्ते ।
पहिलोचोटी नेपाल कहिले आउनुभएको थियो ?
पहिलोचोटी सन् २०१८ को फेब्रुअरीमा आएकी थिए । पहिलोचोटी ट्रेककै लागि आएकीे थिए ।
नेपाल आउँदा कस्तो अनुभव हुन्छ ?
नेपाल मेरा लागि एकदमै स्मरणीय छ । किनकी हरेक चोटी नेपाल आउँदा रमाइलो अनुभव गर्थे । पहिलोपटक मैले अन्नपूर्ण आधारशिविर ५ दिन ४ रातको यात्रा गरे । जुन यात्रा मेरो लागि निकै रोचक बन्यो । म दोस्रो चोटी नेपाल भने विल्डिङ शिक्षामा काम गर्नको लागि आए । यस पटक मेरो तेस्रो पटकको नेपाल भ्रमण हो । म पोखरामा छुँ । मेरो जेईपिसि प्रोजेक्ट छ । सोही प्रोजेक्टका अमेरिका र हङकङका स्वंमसेवी साथीसँग म आएकी हुँ ।
जेईपिसीले कुन क्षेत्रमा काम गर्छ ?
जेईपिसीले बच्चाहरुको हेरचाह सहित स्वास्थ्य तथा पारिवारिक मुद्दाको क्षेत्रमा काम गर्छ । म आफै पनि एकजना विद्यार्थीको प्रायोजक हुँ । मैले रेबिका विकको विश्वविद्यालय अध्ययनको लागि सहयोग गरेकी छुँ ।
नेपाल र आफ्नो देशमा के फरक पाउनुहुन्छ ?
नेपाल सुन्दर छ । हङकङको महानगरमा धेरै अग्ला घरहरु छन् । यो टापु भएकोले पानीले घेरिएको छ । समुन्द्री तटहरु छन् । त्यसैले हामी त्यहाँ धेरै पानीसँग सम्बन्धित गतिविधि गर्छौ ।
नेपालको कुन ठाउँ मनपर्छ ?
नेपालमा मलाई मनपर्ने ठाउँ पोखरा हो ।
पहिलाको आउँदाको नेपाल र अहिलेको नेपालमा के फरक पाउनु भएको छ ?
नेपालको विकास तिव्र गतिमा भएको छ । पोखरामा भिँड बढेको छ । त्यसैले मलाई पोखराको उत्तरतर्फ बस्न मनपर्छ ।
तपाईलाई मन पर्ने नेपाली खानेकुरा ?
मलाई नेपाली खाना दाल भात मनपर्छ । पोखराको लेकसाइडमा राम्रा क्याफेहरु छन् । म धेरै शाहाकारी खानेकुरा खाने व्यक्क्ति त हैन । तर यहाँ ‘बुद्ध बोउल’मा शाकाहारी खाना खान एकदमै मनपर्छ ।
तपाईले हालसम्म कुन–कुन देश घुम्नुभयो ?
मैले नेपालसँगै अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया, सिंगापुर, थाइल्याण्ड, म्यान्मार, न्युजरल्याण्ड, भारत, श्रीलंका, फिलिपिन्स, इन्डोनेसिया, लाओस, भियतनाम, कम्बोडिया, चाइना, इरान, ओमान, टर्की, स्पेन, फ्रान्स, इटाली, स्विजरल्याण्ड, जर्मनी, नेदरल्याण्ड, युके, चेकरिपब्लिक, ग्रिस, क्रोयसिया, इथोपिया, युगान्डा, रुवान्डा, दक्षिण अफ्रिका, जाम्बिया, जिम्बावे, नामिविया, क्युवा, हाइटि, अमेरिका, क्यानडा, आइसल्याण्ड, माल्दिभ्स, बुरुन्डि आदी देश घुमेकी छु ।
तपाईलाई नेपालको मनपर्ने पक्ष के हो नी ?
नेपाल यस्तो मनमोहक देश हो । जहाँ संस्कृतिमा विविधता छ । मलाई मनपर्ने अर्को कुरा भनेको आध्यात्मिक विकास पनि हो । नेपालमा आएर मैले ध्यान र योगको बारेमा बढी बुझ्न थाले । धेरै कुरा यहाँ सिक्न पाएकी छु । मलाई नेपालमा धेरै माया गर्ने साथीहरु हुनुहन्छ, त्यसैले मलाई नेपालको माया लाग्छ, यहाँ ध्यान र योगा गर्न पाउँदा म प्रफुल्लित हुन्छु ।
तपाईको रुचि के मा छ नी ?
मलाई ट्रेकिङ मनपर्छ । प्रकृतिसँग रमाउन मलाई मज्जा लाग्छ । यस्ता ठाउँमा पुग्दा आनन्द हुन्छ ।
हङकङमा रहँदा के गर्नुहुन्छ नी ?
मैले अन्डरकिन शुरुवात गरेकी छु । अन्डरकिन लिमिटेडको म ‘को–फाउन्डर’ हुँ । हामीले यसबाट वृद्धवृद्धा र बच्चाहरुको लागि डाइपर टेक्नोलोजी विकास गरेका छौ । यसलाई हामीले हङकङ तथा विदेशी बजारका नर्सिङ होम्स र हस्पिटलमा विक्रि गर्छौ ।