दिननाथ बराल
पोखरा ३१, साउन
पोखरा महेन्द्रपुलमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले पोखराको पार्दीविरौटामा शाखा स्थापना गरेको छ । सुक्रबार एक समारोहका बिच बैंकले २३ औं शाखाको रुपमा पार्दीविरौटामा शाखा स्थापना गरेको हो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दूकूमार थापाले उक्त शाखाको उद्घाटन गर्दै बैंक तथा विक्तिय संघ संस्थाहरुले सेवालाई प्रभावकारी बनाउदै गाँउ गाँउ सम्म जान आग्रह गरे । पोखराको गरिमा विकास बैंक र बेनीको निलगिरी विकास बैंक एकिकृत भई राष्ट्रिय स्तरको विकास बैंक “गरिमा विकास बैंक लिमिटेड” को नामबाट असार २९ गतेबाट एकिकृत कारोबार गर्दै आएको छ । बैंकले हालसम्म २३ शाखा र एक एक्सटेन्सन काउन्टरबाट सेवा दिदै आएको छ भने एक लाख १५ हजार सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकका प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।
बैंकको हालसम्मको चूक्ता पुजी ७१ करोड १० लाख रहेको ५ भने अधिकृत पुजी एक अर्ब रहेको छ । बैंकको कूल निक्षेप संकलन ५ अर्ब ४० करोड रहेको छ भने कर्जा लगानी मा ५ अर्ब ५० करोड रहेको बैंकले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution