मेरी स्टोप्स सेन्टर पोखरा सभागृहमा

दिननाथ बराल
पोखरा ३, साउन
सुरक्षित गर्भपतन तथा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको मेरी स्टोप्स सेन्टर हाल पोखरा सभागृहबाट सेवा दिन सुरु गरेको छ । विगत एक दशकदेखि पोखराको नाँगढुंगा, बुद्धचोक क्षेत्रबाट सेवा दिदै आएको उक्त संस्थाले पछिल्लो क्रममा पोखरा सभागृहचोकबाटै सेवा दिदै आएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो ।

मेरी स्टोप्स सेन्टरका अप्रेसन म्यानेजर गणेश पोखरेलले संस्थाले गरेको गतिविधिका बारेमा जानकारी गराउदै कास्कीमा हालसम्म ६६ हजार ९ सय ९१ जना लाभान्वित भएको उनले दाबी गरे । उक्त संस्था स्थापनाको एक दशक पुगेसंगै नयाँ प्रविधि भित्राउने तयारी गरेको छ । आगामी एक हप्ता भित्रमा पाठेघरमा भएको क्यान्सर पक्ता लगाउने नयाँ प्रविधि ९भिआईए० सेवा संचालन गरीने भएको पोखरेलले बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara

उक्त संस्था सहित कास्कीमा २५ वटा स्वास्थ्य संस्थाहरुले सरकारबाट मान्यता प्राप्त गरी गर्भपतन गराउन पाएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका परिवार नियोजन विभागका मित्र अर्यालले बताए । उनले भने अझै पनि अवैध रुपमा लुकि छिपि अवैध रुपमा गर्भपतन गराउने कार्य भईरहेको छ यसो गर्दा महिला र संम्बन्धित संस्थालाई नै जोखिम भएको बताए ।

गर्भबसेको १२ हप्तासम्मको लागि सर्जिकल र औषधिद्धारा ९ हप्तासम्मको उपचार गरी गर्भपतन गन सकिने भएको औषधि तथा अप्रेसन गरी गर्भपतन गराईदै आएको अप्रेसन म्यानेजर गणेश पोखरेलले बताए । संस्थाले यौनजन्य, स्त्रीरोग लगायतको सेवा तथा परामर्श दिन तयार रहेको उनले जनाए । संस्थाकी पोखरा टिम लिडर सुस्मा थापाले यौन तथा प्रजननको बिषयमा खुलेर कुरा गर्न आग्रह गरेकी छन । सेन्टरमा विहान १० बजेदेखि बेलुका ४ः३० बजेसम्म सेवा हुने भएको छ । सामान्यतया गर्भपतन गराउदा हाल सेवा शुल्क पावत एक हजार लिने गरेका छन भने यस बर्षको बजेट भाषणमा गर्भपतन गराउदा निशुल्कः सेवा दिने घोषणा गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button