मैत्रिपुर्ण फुटवलमा रेडक्रस माथि पत्रकारको जित

पोखरा १६, भदौ
मैत्रिपुर्ण फुटवल खेलमा नेपाल पत्रकार महासंघ कास्की शाखाको टोलीले नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको टोलि माथि जित हासिल गरेको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको स्वर्ण जयन्तीको अवसरमा पोखरा रंगशालामा बुधबार आयोजना गरेको मैत्रिपुर्ण फुटवल खेलमा पत्रकार महासंघको टोलीले रेडक्रसको टोली माथि ५–४ को गोल अन्तरले पराजित गरेको हो ।

पत्रकारको तर्फबाट विनोद लामिछानेले २ गोल गरेका थिए भने सुविन मगर, सुरज श्रेष्ठ र सुरेन कुमार शुशिलले एक एक गोल गरेका थिए । यसैगरी रेडक्रसको तर्फबाट नवराज भाण्डारी र गणेश तिमील्सीनाले एक एक गोल गरेका थिए भने कृष्ण तिमील्सीनाले २ गोल गरेका थिए । पत्रकारको तर्फबाट दिननाथ बरालको क्रस पासलाई विनोद लामिछानेले हेडिङ गोल गरि पहिलो गोल गरेका थिए । रेडक्रसबाट कालीदास सापकोटाको पासलाई सदुपयोग गर्दै कृष्ण तिमील्सीनाले पहिलो गोल गरेका थिए ।

रेडक्रसबाट शाखाका सभापति वामदेव ढुङ्गाना र पत्रकारको तर्फबाट सुरज श्रेष्ठको कप्तानीमा खेल भएको थियो । खेल पश्चात रेडक्रस कास्कीका सभापति वामदेव ढुङ्गानाले विजेता पत्रकार टोलीलाई ट्रफी समेत प्रदान गर्नुभएको थियो । मानवताका लागि सेवा भन्ने मुल नाराका साथ शाखाले एक वर्ष भरि विभिन्न कार्यक्रम गरि स्वर्ण जयन्ति वर्ष मनाइरहेको छ । रेडक्रस र पत्रकारहरुबीच एक आपसमा चिनजान र मित्रता कायम गर्नका लागि मैत्रीपुर्ण खेल आयोजना गरिएको रेडक्रस कास्कीका उप–कोषाध्यक्ष एवम् खेल संयोजक सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । शाखाको मुल समापन कार्यक्रम भदौ १९ गते हुदै छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button