लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा त्रिपाठी र शर्मा उठ्ने

  • पोखरा न्यूज
  • २०७२ भाद्र २५
लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा त्रिपाठी र शर्मा उठ्ने

पोखरा, २४ भदौ

लेखनाथ उद्योग बाणिज्य संघको आगामी असोज २ र ३ गते हुने दशौं अधिबेशन तथा १९ औ साधारणसभाबाट आगामी नयाँ कार्यसमितिको अध्यक्षमा २ जनाको उम्मेवारी परेको छ ।

अध्यक्ष बन्न विहीवार तोकिएको उम्मेद्वारी दर्ताको समय अवधीमा लक्ष्मीप्रसाद त्रिपाठी र लालकृष्ण (एल.के.) शर्माले उम्मेद्वारी दर्ता गरेका छन । त्रिपाठी वर्तमान बरिष्ठ उपाध्यक्ष हुन् भने शर्मा अघिल्लो चुनावमा वर्तमान अध्यक्ष बाबुराम गिरीसँग पराजित भएका थिए ।

महिला, एशोसियट र संस्थागत सदस्यमा २÷२ जनाको उम्मेद्वारी परेको छ भने खुल्ला १० सदस्यका लागि २४ जनाको उम्मेद्वारी परेको छ । त्यस्तै, संस्थागत सदस्यमा बुद्धिनाथ बाँस्तोला र दामोदर भक्त थापा, एशोसियट सदस्यमा भक्तबहादुर केसी र उपेन्द्रराज सुवेदी (राजु) तथा महिला सदस्यमा विमलकुमारी थापा बस्नेत र दिलकुमारी शर्मा (सन्ध्या)ले उम्मेद्वारी दर्ता गराएका छन् ।

यसैगरी, खुल्ला सदस्यका लागि बलराम ढकाल, वसन्तमोहन शर्मा भट्टराई, भरतकुमार अधिकारी, भीमबहादुर सार्की, विनोद श्रेष्ठ, बिरभद्र कँडेल, छत्रधर आत्रेय, धनु गिरी, धिरजकुमार श्रेष्ठ, दीपेन्द्रज्योति ढुङ्गाना, गीतादेवी सुवेदी, गोपीचन्द्र बाँस्तोला, कृष्णहरी भण्डारी, कृष्णप्रसाद तिवारी, महेश्वर आचार्य, मेनुका श्रेष्ठ, प्रशान्तराज धमला, पूर्णवहादुर घले गुरुङ, राजेन्द्र ओझा, रामप्रसाद गुरुङ, रामजी पौडेल, श्रीराम जम्मरकट्टेल र शिवप्रसाद भण्डारीले उम्मेद्वारी दर्ता गरेका छन् ।

अध्यक्षका प्रत्यासी द्वय त्रिपाठी र शर्माले समूह बनाएर मत माग्न २ हप्ता अघिदेखी नै थालेका थिए । उनीहरु दिनहुँजसो व्यवसायीको घरदैलोमा पुग्ने गरेका छन् । त्रिपाठीलाई वर्तमान अध्यक्षसहित कार्यसमितिका अधिकांशको समर्थन रहेको छ भने शर्मालाई सदस्यमा उम्मेद्वारी दिएका नयाँ अनुहारको समर्थन रहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस