कास्कीका सहकारीमा एकै बर्षमा ८ अर्व लगानी थपियो

  • पोखरा न्यूज
  • २०७२ भाद्र २७
Post Thumbnail

पोखरा २७, भदौ

कास्कीका सहकारीमा यस बर्ष मात्र ८ अर्व लगानी थपिएको छ । कास्कीमा यस आर्थिक बर्ष २०७१÷०७२ मा करीब ८ अर्व लगानी थपिएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीले जनाएको छ । यो लगानी सहित कास्कीका सहकारीमा २१ अर्व लगानी पुगेको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्राचार्य बद्रीनाथ अधिकारीले बताए ।

अन्य बर्षको तुलनामा यस बर्ष कास्कीका सहकारीमा ह्वात्तै लगानी बढेको हो । यस बर्ष ३५ वटा सहकारी थपिएसंगै अन्य सहकारीहरुले शेयरपुजी बृद्धि गरेका कारणले गर्दा लगानी बढेको अधिकारीले बताए । कास्कीमा हालसम्म ५ सय ९९ वटा सहकारी संस्थाहरु रहेको प्राचार्य अधिकारीले जनाए । कास्कीमा रहेका करीब ५० प्रतिशत जसो वचत तथा ऋण सहकारी संस्थाको नाममा रहेका सहकारीहरुले करीब ७५ दखि ८० प्रतिशत जसो वचत तथा ऋणको काम गरेको उनले बताए । उनले भने “अझै पनि हामीले अपेक्षा गरे अनुसारको सहकारीहरुले उत्पादन क्षेत्रमा लगानी गर्न सकेका छैनन ।” कास्कीमा करीब एक लाख ८४ हजार ९ सय ५४ जना सहकारीका शेयर सदस्य रहेका छन भने जस मध्य महिला ९२ जहार ७ सय ८२ जना र पुरुष ९२ हजार १ सय ७२ जना रहेको कार्यालयले जनाएको छ ।

त्यसै गरी कास्कीका सहकारीको शेयर पुंजी ४ अर्व ७ करोड ५९ लाख ३८ हजार ८ सय २५ रहेको छ भने निक्षेप संकलन १३ अर्व ३ करोड ९९ लाख ६ हजार ६ सय २० रुपैया रहेको प्राचार्य अधिकारीले जनाए । कास्कीका सहकारीको २९ करोड ९४ लाख ५५ हजार १ सय ८२ रुपैया जगेडाकोष रहेको छ भने ऋण लगानी तर्फ १३ अर्व ४४ करोड ५७ लाख २६ हजार रहेको उनले जनाए । बचत तथा ऋण सहकारी ३ सय ३८ वटा रहेका छन । कास्कीमा रहेका सहकारीले एकै सहकारीले एक अर्व सम्मको कारोवार गर्न थालेका छन। सहकारीमा शेयर सदस्य आफै भएका कारणले पछिल्लो क्रममा बैंकहरुमा भन्दा सहकारीमा उपभोक्ताहरुले बढी कारोवार गर्न लागेको प्राचार्य अधिकारीले जनाए । कास्कीका १९ वटा सहकारीलाई कार्यालयले यस बर्ष कार्रवाही गरेको छ भने तीन वटालाई दतर्था खारेज गरेको छ । २ वटा कार्रवाही प्रकृयामा छन भने बाँकी कार्रवाही पछि संचालनको तयारीमा रहेका छन ।

जिल्ला सहकारी संघ कास्कीमा भने २ सय २६ वटा सहकारी संस्थाहरु आवद्ध भएको संघका बरिष्ठ प्रवन्धक भोजराज घिमिरेले बताए । उनका अनुसार सहकारी संङख्या बृद्धि हुनु, व्यावसायीक बृद्धिका कारणले सहकारीको क्षेत्र विस्तार भएकोले पनि कास्कीका सहकारीमा लगानी बढेको हो । पोखरा रोयल सहकारी संस्थाले एक अर्व बढीको कारोवार गर्न थालेको संस्थाका प्रवन्ध निर्देशक भिम गुरुङले बताए । आफुहरुको टिमवर्क, सहकारीले सामुहिक समुह केन्द्रीत कार्यक्रम ल्याउदै सहकारीको निति नियम भित्र रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएको कारणले कास्कीकै सवै भन्दा बढी सहकारीको कारोवार गर्ने गरेको उनले जनाए । पोखरा रोयल सहकारीले यस बर्ष मात्र करीब ३ करोड ९ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको प्रवन्ध निर्देशक गुरुङले बताए । कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष समेत रहेका गुरुङले सहकारीबाट ऋण लिदा सरल प्रकृया भएको र सहकारी शसस्यहरु भएको तथा आफ्नो पन भएको कारणले गर्दा सहकारीमा लगानी बढेको दाबी गरे । सहकारीले हरेक बर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत निरक्षरहरुलाई साक्षर बनाउने लक्ष्यका साथ प्रौढ शिक्षा कार्यक्रम ठाँउ ठाँउमा संचालन गर्दै आएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस