(Untitled)

  • पोखरा न्यूज
  • २०७२ आश्विन २
Post Thumbnail

ओम फाईनान्स १६ औं बर्षमा प्रबेस

पोखरा २, असोज:

पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको ओम फाईनान्स लिमिटेड १५ औं बर्ष पुरा गरि १६ औं बर्षमा प्रवेश गरेको छ ।  बार्षिकोत्सवको अवसरमा फाईनान्सले विभिन्न कार्यक्रम समेत आयोजना गरेको छ ।

सुक्रबार पोखरामा आयोजना भएको खुल्ला रक्तदान कार्यक्रमबाट ७३ युनिट रक्तं संकलन भएको छ ।  फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लद्धारा नेपाली राष्ट्रिय क्रिकेट टीमका बलर तथा ओम फाइनान्सका कर्मचारी करन के.सी.लाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन ।

यसअघि फाइनान्सका संस्थापक कर्मचारीहरुले संयुक्त रुपमा केक काटी १६ औं वार्षिकोत्सबको शुभकामना आदन प्रदान गरी खुशियाली साटासाट गरेका थिए । बार्षिकोत्सवको अवसरमा फाईनान्सले कास्की जिल्लाको लेखनाथ न.पा.–३, सक्नेरी बिजयपूर खोला स्थित सार्वजनिक जग्गामा बृक्षारोपण गरेको थियो ।

फाईनान्सले बिगतका बर्षहरुदेखि बर्षेनी सामाजिक कार्य गर्दै आएको प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले बताए । फाईनान्सले अघिल्लो आर्थिक बर्ष २०७१।७२ को मुनाफाबाट २७.०७ प्रतिशत बोनश शेयर र सोमा लाग्ने कर वापत १.४२ प्रतिशत नगद लाभांश सहित जम्मा २८.४९ प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्विकृती र  आंउदो साधारण सभाले पारित गरेपछि बितरण हुनेछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस