पोखरा २३, असोज :
पोखरा रानीपौवामा रहेको जोजिजू म्युजिक सेन्टर एण्ड म्युजिक स्कुलको आयोजनामा पोखरामा यही असोज २६ गते घटस्थापनाको दिनमा बिषेश सांस्कृतिक कार्यक्रम म्यूजिकल जर्नी २०७२ हुने भएको छ ।
“ संगीतको उत्थान हाम्रो दायिव्व ” भन्ने मुल नाराका साथ पोखरा उद्योग बाणिज्सय संघको सभाहलमा आयोजना हुने उक्त कार्यक्रममा बिषेश सांस्कृतिक कार्यक्रमको साथमा श्रष्टा सम्मान कार्यक्रम समेत रहेको म्यूजिक स्कुलका प्रवन्ध निर्देशक गायक विनित जोजिजूले बताए । कार्यक्रममा गायक रामभक्त जोजिजू, ईतु जोजिजू, विनोद वानिया लगायतका कलाकारहरुको बिषेश प्रस्तुती रहने भएको छ भने विश्वका सानो उमेरका ड्रमर उत्प्रेम जोजिजूको समेत प्रस्तुती रहने भएको कार्यक्रम संयोजक सानु जोजिजूले बताईन । उक्त अवसरमा गायनको क्षेत्रबाट गायिका बाबाराण बज्रचार्य, संगितक्षेत्रबाट तवलावादक राजा मुखिया र संचारको क्षेत्रबाट सुरेन कुमार शुशिललाई सम्मान गरीने भएको छ ।
स्कुलले हरेक बर्ष गित संगीतको क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ । यस अघि स्कुलले सुवर्ण बज्रचार्य, अम्मर गुरुङ (पोखरेली), रामकाजी गुरुङ, सामसुङ तामाङ, सुनिल तामाङ, सुनिल थापा, तिर्थराज पोखरेल, नवराज बराल, बुद्धिराज बज्रचार्य, गोरे गुरुङ लगायतलाई सम्मानित गरी सकेको छ । स्कुलले विगत १२ बर्ष अघि देखि विभिन्न विधामा गायन, बाद्यवादन, नृत्य प्रशिक्षणका साथै सृजनात्मक प्रशिक्षण कार्यक्रम समेत गर्दै आएको प्रवन्ध निर्देशक जोजिजूले बताए । लोक आधुनिक पप तथा शास्त्रीय संगीतको माध्यमबाट नव प्रतिभा कलाकारहरु उत्पादन गर्ने अभियान अन्र्तगत स्कुलले हालसम्म करीब ६ हजार जना भन्दा बढीलाई गित संगीतमा प्रशिक्षण गराएको स्कुलले दाबी गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution