पोखरा २१, कार्तिक
पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स ( Pokhara Finance ) लिमिटेडले आफ्ना शेयर धनिहरुलाई ५१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । शुक्रबार पोखरामा सम्पन्न भएको फाईनान्सको १९ औं वार्षिक साधारण सभाले फाईनान्सको २०७१÷७२ को लाभांश वितरणको लागि चुक्ता पृ्ंजीको कुल ५१.०५५ प्रतिशत लाभांश पारित गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए।
उक्त लाभांश वितरणपछि संस्थाको चुक्ता पृ्ंजी ४९ करोड ११ लाख १९ हजार २ सय पुग्ने भएको छ । संस्थाले यस अवधिमा निक्षेप २ अर्व ७१ करोड ५६ लाख तथा कर्जा लगानी तर्फ २ अर्व ३० करोड ३७ लाख कायम गरी खुद नाफा १५ करोड ६३ लाख ३९ हजार आर्जन गर्न सफल भएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए ।
यसै बिच, संस्थामा आगामी ४ वर्षका लागि सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुलाई चयन गरीएको छ । चयन हुनेहरुमा मेजर प्रेम बहादुर थापा, डा. दीपेन्द्र कुमार गौतम र माया गुरुङ रहेका छन । उनीहरु बार्षिक साधारण सभामा निर्विरोध निर्वाचित भएका हुन ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution