पोखरा १, मंसीर-
पोखराको मुख्य पर्यटकिय क्षेत्र फेवातालको खहरेस्थित डुङ्गाघाट निर्माण गर्नको लागि मंगलबार सिलान्यास गरिएको छ।
सिलान्यास कार्यक्रमको उद्घाटन घाट निर्माणमा मुख्य आर्थिक सहयोगी स्थानिय समाजसेवी राजु थापाले गरेका थिए। उनले पोखराको लेकसाईड क्षेत्र पर्यटकको पहिलो रोजाईमा पर्ने तथा परम्परागत रुपमा स्थानिय वासिन्दाहरुले घाटको प्रयोग गर्दै आएकाले घाटलाई सुरक्षीत बनाउन आफुले दुई लाख ५० हजार सहयोग गर्ने वताए।
लेकसाईडका वासिन्दा थापा विगत १५ वर्षदेखि अमेरिकाको एटलान्टामा वस्दै आएका र उनले हरेक पटक नेपाल आउँदा केहि न केहि सामाजिक कार्य गर्दै आएको वताए। गत हप्ता पनि उनले वृद्धाश्रमहरुमा खाधान्न लगाएतका सामाग्री सहयोग गरेको सो अवसरमा वताए।
पोखरा उपमहानगरपालिका कार्यालयले उक्त घाट निर्माणको लागि पाँच लाख र फलामे रेलिङको लागि एक लाख खर्च लाग्ने ईष्टिमेट गरेको घाट निर्माण समितिका अध्यक्ष खिमलाल पहारीले वताए। साथै घाट निर्माणको लागि चन्द्रबहादुर थापाले ५० हजार सहयोग गर्ने वचन दिएका अध्यक्ष पहारीले वताए।
सो क्षेत्रमा व्यवस्थित घाटको आवश्यकता महशुस भईरहेको वेलामा थापा परिवारबाट सहयोग प्राप्त भएको र पर्यटकिय क्षेत्रको प्रवद्र्धन तथा डुङ्गाहरु संचालनको लागि सहज हुने साथै कुनै अप्रिय घटना भएमा तुरुन्त उद्धार गर्न सकिने विश्वास व्यक्त गर्दै खहरे टोल विकास संस्थाका अध्यक्ष गिरीराज अधिकारी, खहरे आमा समुहकी अध्यक्ष नानीमाया सिग्देल लगाएतले आर्थिक सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद दिएका थिए।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution