लायन्स ईन्टरनेशनलको जोन ७ को बैठक सम्पन्न

पोखरा ,२ मंसीर- 
लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ नेपाल अन्तरगतको जोन ७ को दोस्रो डिष्ट्रिक गभर्नस एडभाईजरी कमिटी बैठक सम्पन्न भएको छ ।

सो बैठकमा जोन अन्र्तगत क्लवहरुका अध्यक्षहरुले डिष्ट्रिकका बिभिन्न पदाधिकारीहरु समक्ष आफुले प्रतिबद्धता जाहेर गरे अनुरुप तीन महिनाको समय अबधि भित्र सम्पादन गरेका उल्लेख्य कार्य, आईपरेका समस्या, क्लवको आर्थिक अबस्था र भाबि योजना लगायका बिषयमा बृहत छलफल गरेका थिए ।

कार्यक्रममा जोन अन्तरगत रहेका क्लवहरु क्रमश लायन्स क्लव अफ पोखरा फेवा लेकसिटी, सृजना चौतारी, पोखरा पिस सिटी, पोखरा मेट्रो सिटी, सेवन लेक सिटी, बिरौटा साझा चौतारी र पोखरा फेवा फुलवारीका अध्यक्ष, निबर्तमान अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्ष सहितका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा जोन चियरपर्सन बालाकृष्ण बरालले देशको बिषम समयको बावजुद पनि क्लवहरुले प्रतिबद्धता जनाए अनुसारका कार्यहरु सम्पन्न गरेर समाज सेवाको कार्य गरेकोमा क्लवहरु प्रति आभार ब्यक्त गरका थिए ।

बिभिन्न क्लवहरुबाट सहभागिता जनाएका क्लबका पदाधिकारीहरुले उठाएका बिभिन्न गुनासा र जिज्ञासाहरुको जवाफ चिफ एरिया कोडिनेटर तिर्थलाल श्रेष्ठ, रिजन ४ का रिजन चेयरपर्सन छवीलाल शर्मा, डिष्ट्रिक एड्भाईजर बिमला श्रेष्ठ, एम्बासडर गर्भनर गोर्कण कार्की, जिएमटी कोर्अिडनेटर राजेन्द्र कुमार लालचन, ईभालुशन कमिति चेयरपर्सन श्यामकृष्ण श्रेष्ठ, को जोन चेयरपर्सन बेलकुमारी शर्मा लगायतका डिष्ट्रिक्ट पदाधिकारीहरुले दिएका थिए ।

कार्यक्रमका आयोजक क्लव लायन्स क्लव अफ पोखरा फेवा लेकसिटीका अध्यक्ष कृष्ण आर्चायले धन्यवाद मन्तब्य राखेका थिए भने कार्यक्रमको अध्यक्षता जोन चियरपर्सन बालाकृष्ण बरालले गरेका थिए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button