वनभोज जाने क्रम सुरु

पोखरा, मंसीर ५-

तिहारको अवसरमा साथीभाई संग मिलेर देउसी भैलो खेलेर तिहार पछि भने वनभोज जाने क्रम सुरु भएको छ । ग्रामिण भेगमा धान थन्क्याउने समय भएपनि शहरी क्षेत्रमा केही मानिसहरु भने मंसिर सुरु हुनासाथ बनभोज जान थालेका छन । बिषेश गरि तिहारको अवसरमा टोलमा देउसी भैलो खेलेर जम्मा भएको रकमले सबैजना जम्मा भएर रमाईलो गर्ने भन्दै कास्की जिल्लाका बिभिन्न पिकनिक स्पटहरुमा यतिबेला बिद्यार्थिहरु तथा बिभिन्न संघसस्थाका मानिसहरु मिलेर बनभोजका लागि जान थालेको पाईएको छ । शनिबार बिद्यालय तथा अफिसहरु पनि बन्द हुने भएकाले पनि मानिसहरु अरु दिनमा भन्दा शनिबारनै बनभोजका लागि जाने गरेको बालगृह सञ्जाल पश्चिमाञ्चल महासचिव बिजय कुमार प्रधानले बताए ।
नेपाली परम्परा अनुसार देउसी खेलेको घरबाट केही दक्षिणा दिने चलन छ । देउसी खेलेको घरमा दिएको दक्षीणाबाट जम्मा भएको रकमले बनभोज गएर रमाईलो गर्नेहरुमा बिद्यार्थिहरु बढी छन ।
कास्कीको सेतिबगरमा रहेको बालकल्याण सस्थाले पनि बालगृह भित्र रहेका बिद्यार्थिहरुले देउसी खेलेर जम्मा गरेको रकममा सस्थाले पनि सहयोग गरेर बनभोज लगेको छ । कास्कीको मेथलाङ्खमा रहेको पिकनिक स्पटमा बालगृहका ४० जना बिद्यार्थिहरुलाई बिदाको दिन पारेर बनभोज लगिएको सस्थाका सञ्चालक समिति सदस्य बशन्त सुबेदीले बताए । बच्चाहरुलाई बिभिन्न बाहानामा बालगृह बाट बाहिर निकाल्दा फरक अनुभुति हुने र मानसिक रुपमा पनि सकारात्मक असर पर्ने भएकाले बनभोज ल्याईएको सुबदीले बताए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button