गण्डकी विकास बैंकद्धारा २३ प्रतिशत बोनश शेयर प्रस्ताव

  • पोखरा न्यूज
  • २०७२ मंसिर ६
Post Thumbnail

पोखरा, ६ मंसिर-
पोखरामा रहेको गण्डकी विकास बैंकले आफ्ना शेयरधनीहरुलाइ २३ प्रतिशत बोनश शेयर दिनको लागि प्रस्ताव पारीत गरेको छ । बैंकका अध्यक्ष पद्म प्रसाद पौडेलको अध्यक्षतामा शनिवार सम्पन्न १२ औं बार्षिक साधारण सभाले उक्त निर्णय पारित गरेको प्रमुख कार्यकारी अधिकृत छविन्द्र नाथ शर्माले बताए ।

बैंकको जारी तथा चुक्ता पुँजी बृद्धी गरी प्रबन्धपत्र र नियमावलीमा संसोधनगर्ने प्रस्ताव समेत पारीत गरेको बैंकले जनाएको छ । सभाले अन्य उपयुक्त बैंकवित्तीय संस्था सँग मर्जर गर्न आवश्यक सम्पुर्ण निर्णय एवं कार्यहरु गर्न संचालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने बिशेष प्रस्ताव पारित गरेको प्रमुखकार्यकारी अधिकृत शर्माले बताए ।यस पश्चात निकट भविष्यमानै बैंकले जारी गर्न लागेको ३० प्रतिशत हकप्रद शेयर र उक्त बोनश शेयर समेत गरी कुल चुक्ता पुँजी ५३ करोड ८५ लाख ६० हजार रुपैया पुग्ने भएको शर्माले बताए । बैंककले गत आर्थिक वर्षमा १० करोड ८९ लाख खुद मुनाफा आर्जन गरेको थियो भने गत आर्थिक बर्षको भन्दा ३७ प्रतिशतले बढी हो । २०७२ आषाढ मसान्त सम्ममा बैंककको कूल निक्षेप ४ अर्व ५२ करोड र कर्जा लगानी ३ अर्व ८४ करोड रहेको थियो ।

ग्राहकहरुलाई सरल, सहज र सर्वसुलभ वित्तिय सेवा पुर्याउदैय आएको यस बैंकले पश्चिमाञ्चल क्षेत्रका १० जिल्ला अन्र्तगत कुल २० वटा शाखा कार्यालय र केन्द्रीय कार्यालय समेत गरी कुल २१ स्थानवाट कारोवार संचालन गर्दे आएको छ । बैंकले ग्राहकहरुलाई आधुनिक सेवाहरु मोवाईल बैकिङ्ग, एटिएम, एबीबीएस रेमिट्यान्स,लकरसेवाहरु उपलब्ध गराउदै आएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस