पोखरा, ६ मङ्सिर-
सामाजिक जागरणका लागि नारी अभियानको आयोजनामा सोमवार वैकल्पिक उर्जा सम्वन्धी अभिमुखीकरण कार्यक्रम हुने भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सामाजिक अभियन्ता सुष्मा पौडेलले कार्यक्रमको सम्पुर्ण तैयारी भएको वताएकी छिन् ।
विभिन्न क्षेत्रका सक्रिय महिलाहरुको सहभागितामा गठन भएको अभियानको पहिलो कार्यक्रमका रुपमा उक्त कार्यक्रम आयोजना गरिएको हो । इन्धन अभावमा महिलाहरुलाई परेको समस्यालाई मध्येनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको पौडेलले वताइन् ।
पोखरा लेकसाईडको होटेल कान्तीपुरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न संघसंस्थामा आवद्ध महिलाहरुलाई सहभागिताका लागि कार्यक्रम संयोजक शुभा श्रेष्ठले अनुरोध गरेकि छिन् ।
कार्यक्रममा जिल्ला विकास समिति वातावरण उर्जा तथा जलवायु परिवर्तन युनिटका अधिकृत कौशलचन्द्र जिसीले वैकल्पीक उर्जा र जैविक उर्जा सहयोग कार्यक्रम पर्वतका जिल्ला संयोजक नरवहादुर पुलामीले सुधारीएको चुलो सम्वन्धमा सहजीकरण गर्ने छन् ।
संस्थाले दोश्रो कार्यक्रम विभिन्न संघसंस्थाको सहकार्यमा भारत र नेपाल विचको मैतीसम्वन्ध कायम राख्न भारत र नेपाल दुवै देशलाई खवरदारी गर्दै वृहत सद्भाव रयाली तथा स्वदेशी उत्पादन मेला समेत आयोजना गर्ने तैयारी गरिरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution