मंसिर ७, पोखरा –
नेपाली काङ्ग्रेस सल्यान पोखरा सम्पर्क समितिको चियापान तथा भेटघाट कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पूर्व सांसद शुक्रराज शर्माले अहिले कठिन परिस्थितीमा नेपाली काङ्ग्रेसकको नेतृत्व आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले सल्यान पोखरा सम्पर्क समितिले विभिन्न स्थानमा रहेका सल्यानीहरुलाई एकआपसमा चिनजान गर्न सहयोग पुरयाउने बताउनुभयो ।
नेपाली काङ्ग्रेस सल्यान पोखरा सम्पर्क समितिका अध्यक्ष डिल्लीराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधी पोषनाथ शर्मा, काङ्ग्रेस क्षेत्र नं. ४ का सहभापति आई बहादुर गुरुङ, काङ्ग्रेस कास्की सचिव युवराज कुँवर, शिक्षक संघका सचिव राजुश क्षेत्री, काङ्ग्रेस क्षेत्र नं. ४ का कोषाध्यक्ष जीवनाथ पौडेल, समितिका सचिव श्याम गुरुङ, डिल बहादुर परियार, तरुण दलका विजय गुरुङ, विद्यार्थी नेताहरु यमकृष्ण पौडेल, महेन्द्र पौडेल, किरण पौडेल लगयाते शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा पोखरा र आसपासका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution