पोखरामा ग्याँस विक्रेता पक्राउ

पोखरा, ८ मंसिर-

बजारमा खाना पकाउने एल पी ग्याँसको अभाव भएको समयमा पोखरामा भने एक जना ग्याँस विक्रेता ग्याँस सिलिण्डर सहित पक्राउ परेकी छिन ।

केहि दिन अघि मात्र गृहलक्ष्मी ग्याँस कम्पनीले पोखरा क्षेत्रका केहि डिपोबाट ग्याँस वितरण गरे पनि पोखरा उपमहानगरपालीका ११ रानीपौवा स्थित अनुप स्टोरमा वितरणको लागि झारिएका ३५२ वटा ग्याँस सिलिण्डर पूरा विक्री नगरी लुकाएर राखेको अबस्थामा ५ थान ग्याँस सिलिण्डर सहित संचालक पवीत्रा थापालाई पक्राउ गरीएको कास्की प्रहरीले जनाएको छ ।

स्टोर्सका संचालक थापालाई कालोबजारी ऐन अन्र्तगत मुद्धा चलाउने तयारी भएको कास्कीका प्रहरी प्रमुख एलपी हरी बहादुर पालले बताए । उनले भने “हामीले सुचनाको आधारमा उक्त स्टोर्समा जिल्ला प्रशासनको टोली सहितको अनुगमन टोलीले छापा मार्दा उक्त ग्याँस लुकाएको अबस्थामा भेटाएका हौं, अन्य यसरी ग्याँस लुकाएको खबर आएको खण्डमा हामीले तुरुन्त अनुगमन गरी लुकाएको भेटाएमा उनीहरु उपर कार्रवाही अघि बढाउने छौं । ”

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button