कायाकल्प डाइट एण्ड स्लिमिङ क्लिनिक संचालनमा

पोखरा, ८ मंसिर-

पोखराका न्यरोडमा कायाकल्प डाइट एण्ड स्लिमिङ क्लिनिक संचालनमा आएको छ । पोखरामा पहिलो पटक संचालनमा आएको क्लिनिकमा शुभारम्भको अवसर पारेर मोटोपनको निशुल्क परिक्षण भइरहेको डाइटिसियन सुमन गुप्ताले बताउनुभयो । उहाँले क्लिनिकबाट हरेक रोगको उपचार थेरापिक डाइटबाट गराइने बताउनुभयो ।

Hot Air Balloon Booking
Paragliding Pokhara

करीब ३० लाखको लगानिमा संचालनमा आएको क्लिनिकमा ब्यालेन्स डाइटद्धारा डाईबेटिस तथा थाइराइड रोगको सफल उपचार, प्रत्येक रोगको पहिलो मूल कारण मोटोपनको उपचार १०० प्रतिशत ग्यारेण्टीका साथ २० दिनमा ५ देखि १० केजी तौल घटाइने, कुनैपनि साइड इफेक्ट रहित बिएमआइ हेरी अत्याधुनिक बडि एनलाइजर मेसिनद्धारा चेक गरी फ्याट र वाटर लेभल छुट्याई फ्याट घटाइने, बाथ रोगको लागि लिम्प थेरापिद्धारा सफल उपचार गरिने, एकै दिनमा अल्ट्रासोनिक युलिपो मेसिनद्धारा १.५ देखि ३ सि.एम सम्म मोटोपन घटाइने गुप्ताले बताउनु भयो ।

क्लिनिकबाट सिफजियोथेरापीको अत्याधुनिक मेशीनबाट उपचार गरीने डाइटिसियन गुप्ताको भनाई छ । अहिलेको सन्दर्भमा विभिन्न ठाउँमा मोटोपन घटाउने विज्ञापनहरु आउने भएपनि डाइटिसियनद्धारा मोटोपन ग्यारेण्टीका साथ आफुहरुले घटाइने उहाँको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button