आकस्मिक रक्तदानमा १६६ यूनिट रगत संकलन

पोखरा, १२ मंसिर-
रेडियो अन्नपूर्णको आयोजना र पोखराका रोट्रयाक्ट क्लवहरुको सहकार्यमा शनिबार पोखरामा भएको आकस्मिक रक्तदान कार्यक्रममा १ सय ६६ यूनिट रगत संकलन भएको छ । रेडियो अन्नपूर्णको प्राङ्गण गैह्रापाटनमा भएको कार्यक्रमको रेडियोका प्रवन्ध निर्देशक सुनयना पालिखेले पहिलो रक्तदाता दृष्टिविहिन भोजेन्द्र अधिकारीलाई ब्लड व्याग हस्तान्तरण गरि सुभारम्भ गर्नुभएको थियो ।
भारतको अघोषित नाकाबन्दीका कारण पोखरा क्षेत्र सहित तराई मधेशमा समेत रगतको अभाव भएपछि रेडियोले आयोजनामा गरेको रक्तदानमा ३५ जना पहिलो रक्तदाता सहभागि भए । रक्तदानमा महिला २८ र पुरुष १ सय ३८ जना सहभागि थिए भने ४ जना दृष्टिविहिन् भोजेन्द्र अधिकारी, शिशिर खनाल, श्रीकान्त सापकोटा र प्रकाश वाग्लेले पनि रक्तदान गरे । त्यस्तै रेडियो अन्नपूर्णकर्मी १२ जनाले रक्तदान गरे ।
कार्यक्रममा रोट्रयाक्ट क्लव अफ पोखरा, रोट्रयाक्ट क्लव अफ अन्नपूर्ण, रोट्रयाक्ट क्लव अफ वागलुङ्ग, रोट्रयाक्ट क्लव अफ मिडटाउन, रोट्रयाक्ट क्लव अफ न्यूरोड, रोट्रयाक्ट क्लव अफ मनिपाल, रोट्रयाक्ट क्लव अफ फिष्टेल, रोट्रयाक्ट क्लव अफ पर्वत र रोट्रयाक्ट क्लव अफ हेमजा, बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति, राष्ट्रिय पर्यटन प्रबद्र्धन समिति, भञ्ज्याङ्ग दोहोरी साँझ, नेपाल निजामति कर्मचारी संगठन, पेशागत महासंघ कास्की, सौजन्य फार्मेसी, शितलदेवी युवा क्लव, टक्सार बचत तथा ऋण सहकारी संस्था, एसओएस बालग्राम, सनराईज प्रिन्ट, युनाईटेड गोल्ड मार्ट, ग्रेटर पोखरा डटकम, गौरी शंकर पाउरोटी उद्योग, नेपाल स्काउट, बर्ड नेपाल, राष्ट्रिय अपाङ्ग महासंघ, समावेशी टोल, योर्स टुर्स एण्ड ट्राभल्स, ला–ग्राण्डी ईन्टरनेसनल कलेज, पोखरा कलेज अफ म्यानेजमेन्ट, पोखरा पिज्जा हाउस, न्यू एरा रिकण्डिसन, फिस्टेल ट्याक्सी एकाई समिति, फिष्टेल हस्पिटल, नागरिक मञ्च, शुभ सौगात सहकारी, दर्पण सहकारी, पश्चिमाञ्चल सोलुसन, राष्ट्रिय पत्रकार समाज, कर्मचारी सञ्चय कोष, स्कायी टच रेष्टुरेण्ट, एलआईसी नेपाल लगायतका संघसंस्थाहरुको संस्थागत सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रममा सौजन्य फार्मेसी पालिखेचोकले जुस, नेपाल अमेरिकन कलाकार संघका उपाध्यक्ष गायिका/नायिका मिरा गुरुङ्गले फलफुल, सूर्यदेव पोल्ट्रीले अण्डा र तालवाराही फार्मेसीले व्यानर तथा फार्मेसी सामान सहयोग गरेका छन् ।
रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा केन्द्रका प्रमुख ध्रुवमणी लामिछाने, यसोधरा दुरा, व्लड वैंकका सन्दीप आचार्य, पूजा गुरुङ, जानुका त्रिपाठी र झरनाले सहयोग गर्नुभएको थियो भने व्लड प्रेसर नाप्नको लागि फिस्टेल हस्पिटलकी सुस्मिता पन्त, तानसेन नर्सिङ्गकी मुना श्रेष्ठ, सुस्मा मेमोरियलकी सुगम आले तथा बिरगञ्ज नर्सिङ्गका अमिता क्षेत्री, एलिसा पौडेल र सुस्मिता क्षेत्रीले सहयोग गरेका थिए । कार्यक्रममा सभासद तथा नेपाली कांग्रेसकी नेतृ शारदा पौडेल पनि सहभागि हुनुभएको थियो ।
कार्यक्रम रेडियो अन्नपूर्णका प्रबन्ध निर्देशक सुनयना पालिखेको अध्यक्षतामा भएको थियो ।