राष्ट्रिय समाजसेवा पुरस्कारबाट सिद्धार्थ क्लव सम्मानित

पोखरा १२ मंसिर-
स्वर्गिय नरहरी देवकोटा स्मृति समाजसेवा पुरस्कारबाट पोखराको सिद्धार्थ क्लव सम्मानित भएको छ ।

स्वर्गीय नरहरी देवकोटा परिवारद्धारा स्थापित एवम् बाटुलेचौरमा रहेको हिमालय क्लवद्धारा सञ्चालित उक्त पुरस्कार आज पोखरामा आयोजित कार्यक्रममा प्रदान गरिएको हो । क्लव १९ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय परोपकार महासंघका अध्यक्ष भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम, नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे, क्लवका मानार्थ सदस्य उदय बहादुर बस्नेत, बेनीबहादुर बस्नेत, स्वर्गीय देवकोटाका जेठा छोरा यादवचन्द्र देवकोटा, शिक्षासेवी गणेशमान सिंह भण्डारी र क्लवका अध्यक्ष जीवनारायण श्रेष्ठले सिद्धार्थ क्लवका अध्यक्ष अनिल श्रेष्ठलाई ताम्रापत्र र देसल्ला सहित नगद १५ हजार रुपैंया प्रदान गर्नुभयो ।

कार्यक्रम संयोजक चित्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि युवा पण्डित गौतमले समाजसेवाको क्षेत्रमा लाग्ने व्यक्तिको जिवनमा सधै पुण्य प्राप्त हुने बताउनुभयो । कार्यक्रममा शुक्ला साहित्य समितिका प्रकाशदीप, जमुना तिमिल्सीना र अन्न्पूर्ण आत्मनिर्भर बाल आश्रमका बालबालिकाले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

सोही अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेका थिए । प्रमुख अतिथि गौतमले पहिलो रक्तदाता विजय अधिकारीलाई व्लड व्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो । क्लवले तीज मेलाका संयोजक कृष्णप्रसाद अधिकारीले आय व्यय सार्वजनिक गर्नुभएको थियो । क्लवले आज नै जीवनारायण श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय हिमालय कृषि सहकारी संस्था गठन गरेको छ ।

कार्यक्रममा सिद्धार्थ क्लवका अध्यक्ष अनिल श्रेष्ठ, सचिव मोहन थापा, जीबनारायण श्रेष्ठ, सहसचिव बैकुण्ठ पौडेल लगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button