पोखरा, १८ मंसीर-
पोखरा उपमहानगरपालिकाको कार्यकारी अधिकृतको रुपमा पुनः दोश्रो पटक पोखरामा अरुवा भई आएका झलकराम अधिकारीलाई टोलविकास संस्था नगर समन्वय समितिले शुक्रबार एक कार्यक्रमको आयोजन गरी स्वागत गरेको छ।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा वोल्दै नगरपालिकाका प्रमुख झलकराम अधिकारीले आफुले अघिल्लो कार्यकालमा सुरु भएको तर पुरा हुन नसकेका योजनालाई पहिलो प्राथमिकतामा राखी कार्य गर्ने वताए ।
साथै उनले टोलविकास संस्थाहरु भनेका नगरपालिकाका साँझेदार संस्था भएकोले नगरपालिकाले गर्ने हरेक विकास कार्यक्रममा टोलविकास संस्थाको अपरिहार्य सहयोग आवश्यक पर्ने भएकोले टोलविकास संस्थाहरुलाई अधिकार सम्पन्न संस्था वनाउन आफुले सक्दो सहयोग गर्ने वताए।
नगरपालिकाका केही गैर जिम्मेवार कर्मचारीको कारण नगरपालिकाका सेवाग्राहीले दुःख पाएको वताउँदै आन्तरिक कार्य प्रणालीमा सुधारमा व्यापक कार्यहरु गरिने वताउँदै पोखराको वासिन्दा भएको नाताले पनि अन्य कार्यकारीहरुले भन्दा वढि जिम्मेवार भएका नगरवासीको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
पोखरा उपमहानगरपालिकाका १८ वडामा गठन भएका टोलविकास संस्थाहरु, आमा समुहहरु तथा महिला समुहहरुका अध्यक्ष तथा प्रतिनिधिहरुले कार्यकारी प्रमुख अधिकारीलाई स्वागत गरेका थिए।
टोलविकास संस्था नगर समन्वय समितिका अध्यक्ष उज्ज्वल खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष उत्तम जोशीले गरेका थिए । सहसचिव माया सुवेदीले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन सचिव प्रकाश पौडेलले गरेका थिए।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution