महिला हिंसा घर घरबाट अन्त्य गर्न वक्ताहरुको जोड

  • पोखरा न्यूज
  • २०७२ मंसिर १९
Post Thumbnail

पोखरा, मंसिर १९ –

महिला हिंसा घर घरबाट अन्त्य गर्न शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । राष्ट्रिय सौन्दर्य युनियन नेपाल र नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) गण्डकी–धौलागिरीले संयुक्तरुपमा शनिबार पोखरामा आयोजना भएको महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत श्रमिक महिला अगुवा कार्यकर्ता भेलामा बोल्ने वक्ताहरुले महिला हिंसा व्यक्ति हुदै घर घरबाटै अन्त्य हुनु पर्नेमा जोड दिएका हुन ।

महिला हिंसा घर घरमा हुने गरेको तथा चिनजानेका व्यक्तिहरुबाटै हुने गरेकोले यसको अन्त्य गर्न घर घरबाटै सूरुवात गर्नु पर्ने वक्ताहरुको जोड थियो । भेलामा जिफण्टसँग आबद्ध विभिन्न घटकका महिला कार्यकर्ताको उपस्थिति थियो ।

श्रमिक महिलाहरुको प्रतिबद्धता, महिला हिंसा विरुद्ध सुदृढ एकता भन्ने नाराका साथ आयोजित भेलाको उद्घाटन गर्दै नेकपा एमाले वैकल्पिक पोलिट्व्युरो सदस्य एवं कास्की जिल्ला कमिटी इञ्चार्ज मानबहादुर जिसीले एमाले महिला हिंसा विरुद्धको अभियानमा लागी परेको बताए । महिला हिंसा अन्त्य गर्न आफुबाट सूरुवात गर्न उनले जोड दिए । उनले भने “महिला हिंसा अन्त्य गर्न चेतना फैलाउनुका साथै जवाफदेही बनाउनु पर्दछ । ”

कार्यक्रममा जिफण्टका राष्ट्रिय सदस्य हिरु पुनले महिला हिंसाको अनुभव सुनाउँदै महिला काममा मात्रै नभई अधिकारका लागि स्वयं अघि बढ्नुपर्नेमा जोड दिइन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी–धौलागिरीका अधयक्ष विष्णुबहादुर केसीले महिला हिंसा राज्य र घरपरिवार दुबैतर्फबाट हुने उल्लेख गरे । उनले महिला हिंसाका घटना विरुद्ध १६ दिने अभियानले निकै सघाउ पुरयाएको बताए ।

महिलासँग सम्बन्धित पत्रिका नारीका पत्रकार द्धय लक्ष्मी भण्डारी र झरना अधिकारीले महिला हिंसा विरुद्ध अभियान चलाएरमात्र नहुने महिला स्वयं खुलेर बाहिर आउनुपर्नेमा सुझाव दिए । वरिष्ठ सौन्दर्यकर्मी, संचारकर्मी एवं जिफण्टका गण्डकी–धौलागिरी अध्यक्ष मीना गुरुङले महिलाको हातमा सीप भएमा महिला हिंसा न्यूनीकरणमा सघाउ पुग्ने बताइन् । उनले महिला हिंसाका घटना शिक्षित वर्गमा समेत हुने हुँदा महिला स्वयं सचेत बन्नुपर्ने बताइन् । जिफण्टका गण्डकी–धौलागिरी उपाध्यक्ष रुद्रबहादुर खत्रीले समान कामको समान ज्याला हुनुपर्ने बताए । जिफण्टकी गण्डकी–धौलागिरी अध्यक्ष मीना गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिफण्टका सदस्य नन्दलाल अधिकारीले गरेका थिए । कार्यक्रममा स्वागत राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय अध्यक्ष पम्फा पहारीले गरेकी थिइन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस