पोखरा, मङ्सिर २१-
रयाण्डम रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो कार्यसमितिलाई पूर्णता दिएको छ । नवचिर्वाचित कार्यसमितिका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेको उपाध्यक्ष पदमा पत्रकार तथा लेखक केशवशरण लामिछानेलाई चयन गरेको छ । रिक्त दुई सदस्यमा भने विजय भण्डारी र शेखर पराजुलीलाई चयन गरेको छ ।
यस्तै, सोसाइटीले हरेक महिना गर्ने पुस्तक परिचर्चाका लागि चयन गरिने पुस्तक निर्धारणका लागि साहित्यकार सरस्वती प्रतीक्षाको संयोजकत्वमा ५ सदस्यीय पुस्तक छनोट समिति पनि गठन गरिएको छ । अध्यक्ष उपेन्द्र पौडेल र सचिव रुपिन्द्र प्रभाव िसमितिको पदेन सदस्य रहने गरी समितिका सदस्यहरुमा साहित्यकार डा. वसन्त गौतम र सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठलाई चयन गरिएको छ ।
यसै बिच, तेस्रो अधिवेशनबाट निर्विरोध निर्वाचित कार्यसमितिले पहिलो कार्यक्रमक रुपमा पूर्व मन्त्री तथा पत्रकार रमेशनाथ पाण्डेको कृति कूटनीति र राजनीतिमाथि कृष्ण केसीको अवधारणापत्रसहित आगामी मङ्सिर २६ गते शनिबार बिहान ८ बजे पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा परिचर्चा गर्ने सोसाइटीले जनाएको छ । कार्यक्रममा लेखक पाण्डेको पनि उपस्थिति रहने अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिनुभयो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution