रगतबाट ३ सय भन्दा बढी स्वास्थ्य परिक्षण हुने – पन्त

  • पोखरा न्यूज
  • २०७२ मंसिर २३
रगतबाट ३ सय भन्दा बढी स्वास्थ्य परिक्षण हुने – पन्त

पोखरा, २३ मंसिर-

पश्चिमाञ्चलकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले दुई बर्षमा ३५ हजार व्यक्तिहरुको रगतबाट स्वास्थ्य परिक्षण गराएको छ । युआरएलको दोश्रो बार्षिकोत्सव तथा वेस साईड शुभारम्भ एवं पत्रकार भेटघाट कार्यक्रममा प्रालिका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले संस्था स्थापनाको दुई बर्षमै रगतबाट ३५ हजार जनाको स्वास्थ्य परिक्षण गराएको बताए ।

उनका अनुसार १० प्रतिशत मधुमेह, २५ प्रतिशतजसो थाईराईड (भिटामिन डी) का बिरामी भेटिएको छ । त्यसै गरी मुटुरोग, क्यान्सर लगायतका रोगहरुको स्वास्थ्य परिक्षण गराउदै आएको उनले बताए । पोखरा र पोखरा आसपासका सहित हस्पताल, पोली क्लीनीक, क्लीनीक लगायतको स्थानबाट हाल दैनिक जसो रगत, दिशा, पिसाव, खकार र मासुबाट स्वास्थ्य परिक्षण गर्न १ सय २० जना जसो सेवाग्राहिहरु आउने गरेको पन्तले जनाए । २७ प्रतिशतजसो सेवाग्राहिहरुलाई छुट दिएको उनले बताए । १० देखि शतप्रतिशत छुट दिएको प्रवन्ध निर्देशक पन्तले जनाए । रगतबाट करीब ३ सय भन्दा बढी स्वास्थ्य परिक्षण हुने भएको उनले बताए ।

पोखराको गिरी कम्प्लेक्स, न्युरोडमा रहेको युआरएलमा हाल दक्ष प्राविधिक १० सहित अन्य कर्मचारीहरु रहेका छन । यूआरएलले हालै तीन अत्याधुनिक मेसिन भित्र्याएको छ भने मेसिन भित्र्याइएपछि युआरएलमा विभिन्न खाना, धुलो, स्वासप्रस्वास आदिबाट हुने एलर्जीको परीक्षण सुरु भएको छ। यसैगरी, युआरएलले अत्याधुनिक मेसिनद्वारा पिसाब सम्बन्धी विभिन्न परीक्षण र वाथसम्बन्धी जटिल र अति सम्वेदनशील परीक्षण पनि सुरु गरेको प्रबन्ध निर्देशक पन्तले बताए । दुई बर्षमा यस संस्थाले करीब ४ करोड बढीको कारोवार गरेको प्रालिले जनाएको छ । हालसम्म ल्याबमा करिव पाँच करोड लगानी भइसकेको र यस क्षेत्रको अग्रणी ल्याब भएकाले आवश्यकता अनुसार सेवा विस्तार गर्दै जाने पन्तले जानकारी दिए। कास्कीका विभिन्न क्षेत्रमा निःशुल्क शिविर समेत सञ्चालन गर्दै आएको युआरएलले काठामाडौं र विदेश पठाउनु पर्ने विभिन्न प्रकारका संवेदनशील र महङ्गा परीक्षण समेत गर्दै आएको छ।

यसै बिच, युआरएलको दोश्रो बार्षिकोत्सव तथा वेस साईडको शुभारम्भ गर्दै पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर तारानाथ पौडेलले यूआरएलले सामाजिक क्षेत्रमा पुराएको योगदानको प्रंशम्सा गर्दै सामाजिक उक्तरदाहित्व तर्फ पनि वोध गर्न आग्रह गरे । स्वास्थ्यकर्मीहरु पैसा कमाउने ध्यानमा बढी लाग्ने गरेको बताउदै उनले आफुहरुले पनि जनताहरुलाई स्वास्थ्य सेवा दिन नसकेको पौडेलले बताए । प्रा.लि.का अध्यक्ष चेत बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बाँस्तोला, रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ, यूआरएलका संचालक दिनेशबाबु खड्का, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका ल्यापटेक्नसियन अधिकृत राजेन्द्र पौडेल, वेवपेज नेपालका पृतम सेन, संचारकर्मी ऋषि खतिवडा लगायतले यूआरएलको बारेमा चर्चा गर्दै निरन्तर सेवा दिनुपर्नेमा जोड गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस