पोखरा, २४ मंसीर –
आउदो पुस १३ देखी १७ सम्म पोखरा लेकसाइडमा हुन लागेको १७औ सस्करणको पोखरा सडक महोत्सवको अनलाइन पार्टनरको रुपमा पोखरा आर्थिक डट कम रहने भएको छ ।
रेबान पोखराको कार्यलयमा बिहिबार रेबान पोखराका अध्यक्ष गोपी भट्टराई र पोखरा आर्थिक डट कम का अध्यक्ष ढाका मोहन बरालका बिचमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
यस अघि महोत्सवको अफिसिएल मिडियाको रुपमा अन्नपुर्ण पोस्ट र एभी न्युज टेलिभिजन रहीसकेका छन् । सडक महोत्सवको मुख्य प्रायोजकको रुपमा गोर्खा ब्रुअरी र हिमालयन ड्रीस्ट्रीलरी रहेका छन् भने सहप्रायोजकको रुपमा बोटलर्स नेपाल रहेको छ । महोत्सवको प्रबर्धन नेपाल टुरिजम बोर्डले गर्दैछ ।
वर्षेनी २८ डिसेम्बर देखी १ जनवरी सम्म रेबान पोखराले पोखरामा सडक महोत्सव गर्दै आइरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution