पोखरा, २४ मंसिर –
चिप्लेढुंगास्थित सेलवेज टावरमा नयाँ रेस्टुरेन्ट संचालनमा आएको छ । ‘सिटि भ्यू’ नाम दिएर रुफटपमा यो रेस्टुरेन्ट संचालनमा आएको हो । लामो समय यता विदेशमा रहेर अन्तराष्ट्रियस्तरको रेस्टुरेन्टमा काम गर्दै आएका सन्तोष किरण रानाले आफ्ना केहि साथीहरुसँग मिलेर यो रेस्टुरेन्ट संचालनमा ल्याएका हुन् ।
‘यो रेस्टुरेन्टलाई मैले लामो समय काम गरेको अनुभवको हिसाबले निकै उत्कृष्ट हिसाबले व्यवस्थापन गरेर चलाउन लागेको हुँ ।’ संचालक रानाले भने–‘सिटि क्षेत्रमा यो एउटा गज्जबको रेस्टुरेन्ट हुनेछ ।’ नेपाली, भारतीय, चाईनीज, कन्टिनेन्टल, ईटालियन र मेक्सिकन खाना पाउने यो रेस्टुरेन्टमा एकैसाथ करिब १ सय ५० जनाले खानपिन गर्न सक्छन् ।
खासगरि यो रेस्टुरेन्टको अर्को विशेषता भनेको यहाँबाट देखिने पोखराको दृश्य हो । अग्लो ठाऊँमा भएकोले रेस्टुरेन्टबाट पोखराको चारै दिशा देख्न सकिन्छ । ‘पोखराको सुन्दर दृश्य हेर्दै उत्कृष्ट खानपिनका लागि यो रेस्टुरेन्ट उत्तम हुनसक्छ ।’ रानाले दाबीका साथ भने–‘ग्राहकहरु यहाँ आएर खानपिन गरिकसकेपछि सम्पूर्ण हिसाबले सन्तुष्ट हुनेछन् ।’
विदेशका अन्तराष्ट्रियस्तरका रेस्टुरेन्ट र नेपालका पाँचतारे होटलमा काम गरेका अनुभवी सेफहरुबाट पकाईएको खाना ग्राहकहरुले प्राप्त गर्ने यसका संचालकले बताएका छन् । ‘सस्तो, राम्रो र मिठो खाना’ रेस्टुरेन्टको विशेषता भएको रानाले बताए । ‘यहाँ खासगरि जन्मदिन, विवाह, मिटिङ , बारबेक्यू पार्टी गर्न निकै उत्तम हुन्छ ।’ उनले भने–‘त्यसैले हामीले व्यवसायिक संस्था, बैंक तथा वित्तिय संस्था, विभिन्न सामाजिक क्लबहरु र आन्तरिक पर्यटकहरुलाई लक्षित ग्राहक मानेका छौँ ।’
५० लाख लगानीमा शुरु भएको रेस्टुरेन्टमा अहिले १५ जना कर्मचारीहरु कार्यरत छन् । रेस्टुरेन्ट विस्तारसँगै कर्मचारीहरु पनि बढाउँदै लैजाने व्यवस्थापन पक्षले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution